अमेरिकी सहयोग रोक्ने निर्णयविरुद्ध अदालतः फेब्रुअरी ३ सम्म ट्रम्पको निर्णय कार्यान्वयन नहुने « Khabarhub

अमेरिकी सहयोग रोक्ने निर्णयविरुद्ध अदालतः फेब्रुअरी ३ सम्म ट्रम्पको निर्णय कार्यान्वयन नहुने


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिँदै आएको धेरै सङ्घीय स्वरूप रोक्का गर्ने निर्णयविरुद्ध त्यहाँको जिल्ला अदालतले फैसला गरेको छ। वासिङ्टन डिसीका न्यायाधीश जर्ज लोरेन अलिखानले गरेको निर्णय अनुसार ३ फेब्रुअरीसम्म ट्रम्पको निर्णय कार्यान्वयन हुने छैन।

ट्रम्पको निर्णयविरुद्ध नेसनल काउन्सिल फर नन प्रोफिट अर्गजाइजेसनका प्रमुख डाइन यान्टेलले मुद्दा दायर गरेका थिए। उक्त मुद्दाको सुरुवाइ गर्दै न्यायाधीश जर्जले यस्तो निर्णय गरेका हुन्।

ह्वाइट हाउसले सङ्घीय सरकारबाट सहयोग तथा ऋण रोक्का गर्ने निर्णयपछि यसमाथि ठुलो बहस भएको थियो। ट्रम्पको यो निर्णयले बालबालिकाको विकास र स्वास्थ्य क्षेत्रमा ठुलो प्रभाव पारेको थियो।

बाल शिक्षा र सामुदायिक स्वास्थ्यका कार्यक्रम समेत रोक्ने गरी ल्याइएको ट्रम्पको सो निर्णयले धेरैलाई आश्चर्यमा परेको छ।

ट्रम्पको निर्णय कार्यान्वयन भएमा सामाजिक सुरक्षा, पेन्सन तथा विद्यार्थी लोन लगायत अन्य धेरै विषय प्रभावित देखिन्छ।

ट्रम्पको निर्णयपछि बाल बच्चाको विकास, स्वास्थ्य, घरबार बिहीन एलजिबिटीक्यु लगायत क्षेत्रमा काम गर्दै आएका धेरै एनजिओ तथा अपएनजिओ समेत प्रभावित हुने छन्। अदालतको यो निर्णयले भने यी सबै क्षेत्रलाई राहत दिने अनुमान गरिएको छ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : १४ बजे

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस

‘खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित

एनपीएलको उद्घाटनका लागि खेलकुदमन्त्री पोखरेल टीयू मैदानमा

काठमाडौं- खेलकुदमन्त्री सस्मित पोखरेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका