तेस्रो खेलमा इंग्ल्याण्डसँग भारत २६ रनले पराजित « Khabarhub

तेस्रो खेलमा इंग्ल्याण्डसँग भारत २६ रनले पराजित


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्याण्डले भारतसँगको तेस्रो टी-२० मा सफलता पाएको छ। यो जितसँगै भारत र इंग्ल्याण्डको शृङ्खला रोमाञ्चक बनेको छ।

५ खेलको शृङ्खलामा घरेलु टोली भारत २-१ ले अघि छ। मंगलबार भएको खेलमा इंग्ल्याण्डले भारतलाई २६ रनले हराएपछि शृङ्खला रोचक बनेको हो।

मंगलबार साँझ इंग्ल्याण्डले दिएको १७२ रनको लक्ष्य पछ्याएको भारत ९ विकेट गुमाउँदै १४५ रनमा सीमित भएको हो।

भारतका हार्दिक पाण्डेले ४० तथा अभिषेक शर्माले १४ बलमा २४ रन प्रहार गर्नुबाहेक अन्य कोही पनि प्रभावकारी हुन सकेनन्।

इंग्ल्याण्डका जेम ओभरटनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। किफायती रसिदले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए। जोफ्रा आर्चर र ब्रायडन कर्सले समान दुईदुई विकेट लिए।

JPG converted with https://ezgif.com/webp-to-jpg

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। इंग्ल्याण्डका डेन बकेटले २८ बलमा ५१ रन जोडे। उनले ७ चौका र २ छक्का प्रहार गरे।

यसैगरी, लियाम लिभिङ स्टोनले २४ बलमा ४३ रन जोडे। उनको पारीमा १ चौका र ६ छक्का समावेश थियो।

भारतका वरुण चक्रवर्तीले ४ ओभरमा २४ रन खर्चेर ५ विकेट लिए भने हार्दिक पाण्डेले २ विकेट लिए। चक्रवर्ती सो खेलको म्यान अफ द म्याच बने।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : ३९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज