एचपीभी खोप अभियानको सद्भावना दूतमा मनीषा कोइराला « Khabarhub

एचपीभी खोप अभियानको सद्भावना दूतमा मनीषा कोइराला


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानका लागि कलाकार मनीषा कोइराला सद्भावना दूत भएकी छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच कोइरालालाई सद्भावना दूत बनाइएको हो । सद्भावना दूत सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल र अभियन्ता कोइरलाले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा  हस्ताक्षर गरेका छन्  ।

माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरी खोप अभियान सञ्चालन हुनेछ । माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसरमा यो अभियान सुरू हुन लागेको हो । अभियानको सम्पूर्ण तयारी पुरा भएको मन्त्रालयले जनाएको छ । 

नेपालमा औसतमा हरेक दिन छ जना महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुन्छ र चार जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने तथ्यांक छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ३ : ३१ बजे

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको