दूधमा जाइफल मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा | Khabarhub Khabarhub

दूधमा जाइफल मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाइफल त हामी सबैलाई थाहा नै छ । जाइफल एक प्रकारको जडीबुटी पनि हो । यस्तै नेपाली भान्सामा धेरै खालका मसला र जडीबुटीहरू प्रयोग हुन्छन् । यी मसला र जडीबुटीले खानालाई स्वादिष्ट त बनाउँछन् नै यी हाम्रो स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक हुन्छन् ।  

गुणकै कारण आयुर्वेदमा जाइफललाई ठूलो महत्त्व दिइएको छ । जाइफलका फाइदाहरू पनि अचम्मका छन् । जाइफललाई दूधसँग खाँदा अमृत सरह स्वास्थ्य लाभ मिल्छ ।

यसमा पाइने पौष्टिक तत्त्वले धेरै रोगबाट छुटकारा दिनुका साथै शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । जाइफलको स्वास्थ्य लाभहरूको सूची धेरै छ र अझ खास गरी दूधमा मिसाएर सेवन गर्दा यसको लाभ झनै धेरै हुन्छ ।

यस्ता छन् जाइफल मिसाएर दूध पिउनुका फाइदाहरू :

अनिद्रामा उपयोगी

जाइफलमा स्नायु प्रणालीलाई शान्त पार्ने प्राकृतिक गुण रहेको हुन्छ । राति सुत्नुअघि एक गिलास तातो दूधमा एक चिम्टी जाइफल मिसाएर पिउने हो भने यसले शरीरलाई आराम दिन्छ र राम्रो निद्रा निदाउन मद्दत गर्छ । यो घरेलु उपाय निद्राको कमीबाट पीडित व्यक्तिहरूको लागि धेरै लाभदायक साबित हुन सक्छ ।

पाचन सुधार

जाइफलमा पाचन सुधार गर्ने गुण पनि पाइन्छ । यसको सेवनले अपच, ग्यास र पेट दुख्ने लगायत पेटसम्बन्धी  समस्याबाट मुक्ति मिल्छ । दूधमा जाइफल मिसाएर पिउनाले पाचन प्रणाली राम्रो हुन्छ र कब्जियतको समस्याबाट पनि राहत मिल्छ ।

चिसो लागेको र खोकीबाट राहत

चिसो लागेको र खोकी लागेकाहरूलाई पनि जाइफल हालेको दूध लाभदायक हुन्छ । जाइफलमा एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले श्वासप्रश्वास प्रणालीलाई सफा राख्न मद्दत गर्छ । यसले कफ कम गर्न र घाँटीको दुखाइबाट पनि राहत दिन्छ ।

तनाव र चिन्ता घटाउँछ

जाइफलमा माइरिस्टिसिन नामक तत्त्व हुन्छ, जसले मानसिक स्वास्थ्य सुधार्न मद्दत गर्छ । यसलाई दूधसँग मिसाएर सेवन गर्नाले तनाव र चिन्ता कम हुन्छ । यसले स्नायु प्रणालीलाई शान्त पार्छ र मुड पनि सुधार्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

जाइफल मिसाएको दूध पिउनाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई हानिकारक फ्री रेडिकलबाट बचाउँछ र सङ्क्रमणसँग लड्ने क्षमतालाई मजबुत बनाउँछ ।

टाउको दुखाइ र माइग्रेनमा लाभदायक

तपाईँलाई टाउको दुख्ने वा माइग्रेनको समस्या छ भने जाइफल हालेको दूधले राहत दिन्छ । जाइफलमा पाइने सक्रिय तत्त्वहरूले दुखाइ कम गर्न र मांसपेशीहरूलाई आराम दिन मद्दत गर्दछ ।

छालाको लागि पनि लाभदायक

जाइफलको सेवनले आन्तरिक स्वास्थ्यमा त सुधार गर्छ नै छालालाई पनि फाइदा गर्छ । यसमा एन्टी–ब्याक्टेरियल गुण हुन्छ, जसले छालासँग सम्बन्धित समस्याहरू हटाउन मद्दत गर्दछ । दूधमा जाइफल मिसाएर नियमित सेवन गर्नाले छालालाई चम्किलो र स्वस्थ बनाउँछ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : २६ बजे

बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले ल्होछार मनाउने

टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा

कास्की – पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल

नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक

केप क्यानभेरल – नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष

ताप्लेजुङमा अलपत्र ३९ तीर्थयात्रीको उद्धार

काठमाडौं – केबलकार निर्माण खारेजीको मागसहित आन्दोलनमा उत्रिएको समूहले आयोजना

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियसभाबाट दर्ता भएको सामाजिक