सहिद गेटमा सभापति कपको ट्रफी अनावरण  « Khabarhub

सहिद गेटमा सभापति कपको ट्रफी अनावरण 


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । आयोजक नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले बुधबार सहिद गेटमा ट्रफी अनावरण गरेको हो ।

सहिद दिवसको अवसर पारेर आयोजित ट्रफी अनावरण कार्यक्रममा विभिन्न खेलकुद र राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो । आयोजक निर्देशन समितिका संयोजकसमेत रहेका कांग्रेस नेता मोहनबहादुर बस्नेतले ट्रफी अनावरण गरेका थिए ।

माघ १० गतेदेखि सुरु भएको सभापति कप फुटबल प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको फाइनल खेलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) आमनेसामने हुने छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : ०४ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका