अध्यादेवविरुद्ध रास्वपाले अस्वीकारको सूचना प्रस्ताव गर्ने, रवि प्रकरण पनि संसद्‍मा चर्काउने « Khabarhub

अध्यादेवविरुद्ध रास्वपाले अस्वीकारको सूचना प्रस्ताव गर्ने, रवि प्रकरण पनि संसद्‍मा चर्काउने


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले ल्याएका ६ वटा अध्यादेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दल बैठकले सरकारले सदनलाई छलेर अध्यादेश ल्याएको भन्दै अस्वीकारको सूचना प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकले रास्वपा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेर सांसद पद निलम्बन गरिएको भन्दै त्यसको समेत सदनमा विरोध गर्ने निर्णय गरिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बताए ।

त्यस्तै बैठकले पार्टी सभापतिविरुद्धको राजनीतिक प्रतिशोषको विषय उठान गर्ने, सहकारीका मुद्दा, अर्थतन्त्रका विषय, असन्तुलित परराष्ट्र नीतिबारे पनि सशक्त आवाज उठाउने निर्णय गरेको परियारले बताए।

उनले सरकार गठनका समयमा भएको सात बुँदे सहझदारीको समेत विरोध गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

त्यस्तै बैठकले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी-मुकुम्लुङ केबलकारबारेको विवादका क्रममा भएको झडपको निन्दा गर्दै पीडितहरूलाई न्याय दिन माग गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : १६ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन