जनमोर्चाले चैत २४ मा संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने | Khabarhub Khabarhub

जनमोर्चाले चैत २४ मा संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ बाट काठमाडौंमा संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने भएको छ । जनमोर्चाले चैत २४ बाट ३० गतेसम्म काठमाडौंमा संघीयताविरुद्ध एक साता लामो आन्दोलन गर्ने भएको हो । 

जनमोर्चा काठमाडौंको आयोजनमा बुधबार आयोजित अन्तर्क्रियामा केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत गरेको अवधारणा पत्रमा संघीयताविरूद्धको आन्दोलनका बारेमा उल्लेख गरिएको छ । 

‘यो बताउँदा हामीलाई धेरै खुशी लागेको छ कि राष्ट्रिय जनमोर्चाले यही २०८१ सालको चैत्र २४ गतेदेखि ३० गतेसम्म संघीयताका विरुद्ध राजधानी केन्द्रित आन्दोलनको आयोजना गर्दैछ,’ अवधारण पत्रमा भनिएको छ, ‘चैत २४ गते एउटा महान् जनआन्दोलन दिवस हो र त्यसले नेपालमा ३० वर्षदेखि कायम भएको निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थालाई समाप्त पारेको थियो ।’ 

अध्यक्ष केसीले संघीयताविरोधी आन्दोलनले सङ्घीयतालाई खारेज गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

 ‘हामीलाई विश्वास छ, त्यही ऐतिहासिक दिनबाट सुरु हुने संघीयताविरोधी आन्दोलनले पनि विभिन्न साम्राज्यवादी शक्तिहरूको दबाबमा नेपालमा कायम गरिएको तथा देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र विकास समेतका विरुद्ध कायम भएको सङ्घीयतालाई खारेज गर्न महत्त्वपूर्ण योगदान दिने छ ।’

संघीयताविरुद्धको आन्दोलन कुनै दल विशेषको कार्यक्रमभन्दा पनि देशको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएकोमा जोड दिँदै केसीले आन्दोलन सफल बनाउन आम नागरिकसँग अपिल गरेका छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : ३८ बजे

अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं– अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना

‘सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चार क्षेत्रसँग छलफल गरेर ल्याइने छ’ 

काठमाडौं – नेकपा (एमाले)का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल

‘सामाजिक सञ्जालसम्बन्धी विधेयक’ फिर्ता लिन रास्वपाको आग्रह

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई ‘सामाजिक सञ्जाल

पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

काठमाडौं – पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

प्राविधिक शिक्षामा लगानी बढाउन सभामुख घिमिरेको आग्रह

झापा– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने