अमेरिकाबाट निष्कासित हुने १४ लाखमध्ये १३ सय ६५ नेपाली, धमाधम पक्राउ पर्दै अवैध आप्रवासी « Khabarhub

अमेरिकाबाट निष्कासित हुने १४ लाखमध्ये १३ सय ६५ नेपाली, धमाधम पक्राउ पर्दै अवैध आप्रवासी


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनवरी २० मा अमेरिकाको ४७ औँ राष्ट्रपति बनेसँगै डोनाल्ड ट्रम्पले अवैध रुपमा आएका आप्रवासीको मनमा ढ्यांग्रो बजाइसकेका छन् ।

कागजातबिना बसेका लाखौँ आप्रवासीलाई कुनै पनि हालतमा निकालिछाड्ने अठोट लिएका ट्रम्पको निर्देशनपछि देशभर धरपकड अभियान चलाइएको छ ।

अहिलेसम्म अमेरिकाले १४ लाखभन्दा बढी अवैध आप्रवासीलाई स्वदेश फर्काउने प्रक्रिया थालिसकेको छ। अमेरिकास्थित अध्यागमन विभागले सार्वजनिक गरेको विवरणअनुसार संसारभरका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीलाई निकालिँदैछ ।

यसरी निकालिनेहरूको सूचीमा एक हजार ३६५ जना नेपाली रहेका छन् । यो सूचीमा १७ हजार ९४० जना भारतीय छन् । उता चीनका भारतकोभन्दा दोब्बर अर्थात् ३७ हजार ९०८ जना छन् ।

दक्षिण एसियाको अर्को मुलुक बंगलादेशका चार हजार ८३७ जना भुटानका १२२ जना पाकिस्तानका सात हजार ७६० जना र श्रीलंकन तीन हजार ६५ जना छन्।

ट्रम्पको अभियानका कारण संसारभरबाट करोडौं खर्च गरेर अमेरिका छिरेका आप्रवासीको बिजोग हुने निश्चित भएको छ । अमेरिकी अध्यागमन तथा सीमा सुरक्षा अधिकारीलाई ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीलाई पक्राउ गर्ने क्रम तीव्र बनाउन भनिसकेको छ।

अहिले अमेरिकामा दैनिक सय हाराहारीमा आप्रवासी पक्राउ पर्दैछन् । अब त्यो संख्या बढाएर दैनिक १५ सयसम्म पुर्‍याउने योजना छ ।

आइतबारमात्रै अमेरिकी इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट विभाग (आइस) ले ९५६ जना अवैध आप्रवासीलाई पक्राउ गरेको थियो । शनिबारको तुलानमा यो अत्यधिक हो । शनिबार आइसले २८६ जना र शुक्रबार ५९३ जनालाई पक्राउ गरेको थियो । गत बिहीबार ५३८ जना समातिएका थिए ।

ट्रम्प प्रशासनले हरेक क्षेत्रीय कार्यालयका लागि दैनिक ७५ जना अवैध आप्रवासीलाई पक्राउ गर्न निर्देशन दिएको छ । दिइएको लक्ष्य पूरा नगरे अधिकारीहरू कारबाहीमा पर्नेछन् ।

यसअघि विद्यालय, अस्पताल, र मठमन्दिरसहितका संवेदनशील क्षेत्रमा पक्राउ नगर्ने पुरानो नीति पनि खारेज गरिएको छ । यी क्षेत्रबाट पनि अब अब कागजात नभएका आप्रवासी समातिने छन् । ट्रम्प प्रशासनले अमेरिका आएको दुई वर्ष नपुगेका आप्रवासीलाई पक्राउ गरी देशनिकाला गर्ने नियम पनि ल्याएको छ ।

ट्रम्प प्रशासनले आइस अधिकारीहरूलाई चौबीसै घण्टा पक्राउ अभियान चलाउन निर्देशन दिइसकेको छ । आइस अधिकारीहरूको बिदासमेत रद्द गरेर पक्राउ अभियानमा लाग्न भनिएको हो ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : ५५ बजे

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा