घरेलु फुटबलबाट पनि सन्यास लिइन् अनुले « Khabarhub

घरेलु फुटबलबाट पनि सन्यास लिइन् अनुले


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्यास लिएकी छन् ।

विभागीय टोली एपीएफबाट खेल्दै आएकी अनुले बुधबार घरेलु फुटबलबाट पनि सन्यास लिएको घोषणा गरेकी हुन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एन्फा महिला लिगको फाइनलमा एपीएफ नेपालले पुलिस क्लबलाई पराजित गरेको थियो ।

खेल सकिनेबित्तिकै अनुलाई एपीएफका खेलाडीले गार्ड अफ द अनरबाट सम्मान गर्दै बिदाइ गरे ।

अनुले अब घरेलु फुटबलको पनि यात्रा टुंगिएको बताइन् । उनले अब आफ्नो बाँकी जीवन फुटबल कोचका रुपमा बिताउने जानकारी दिइन् ।

करिब २१ वर्ष फुटबल खेलेको बताउँदै उनले अब नयाँ खेलाडीहरूका लागि ठाँउ छाडेको पनि उनले बताइन् ।

अनुले महिला फुटबलको थप विकास गर्न धेरैभन्दा धेरै घरेलु प्रतियोगिता चाहिएको पनि बताइन् । सन् २०१९ मा अनुले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएकी थिइन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : ३० बजे

आज २०८२ साल चैत ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट