अखिल क्रान्तिकारी : जनार्दन शर्मा प्यानलको पकड, महासचिव, कोषाध्यक्ष र सात उपमहासचिव जित्यो « Khabarhub

अखिल क्रान्तिकारी : जनार्दन शर्मा प्यानलको पकड, महासचिव, कोषाध्यक्ष र सात उपमहासचिव जित्यो


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचनमा उपमहासचिव जनार्दन शर्मा प्यानलबाट बहुमत पदाधिकारी निर्वाचित भएका छन् ।

पछिल्लो मतगणनामा अध्यक्ष पदमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । सापकोटालाई उपमहासचिव शक्ति बस्नेत र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ थियो । उता राईलाई उपमहासचिव जनार्दन शर्माले साथ दिएका थिए ।

तर अध्यक्ष पद खुमलटारले जित निकाले पनि महासचिवमा उपमहासचिव जनार्दन शर्मा प्यानलका रोशन थापा मगर निर्वाचित भएका छन् । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव शक्ति बस्नेत प्यानलबाट विजयप्रकाश सापकोटा ७३ मतले विजयी भए । शर्मा प्यानलबाट अध्यक्षका उम्मेदवार उम्मेदवार हेमन्त राई पराजित भने पराजित भएका छन् ।

उता ९ जना उपमहासचिवमध्ये सातजना शर्मा प्यानलबाट निर्वाचित भएका छन् । उपमहासचिवमा प्रचण्ड पक्षका एक र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहबाट १ जना निर्वाचित भएका छन् ।

उपमहासचिवमा भौगोलिक ७ प्रदेश र गैरभौगोलिक २ प्रदेश गरेर ९ प्रदेशबाट ९ जना उपमहासचिवमध्ये कोशी प्रदेशबाट विपिन पोखरेल, मधेश प्रदेशबाट गजेन्द्र यादव, बागमतीबाट निर्मला गौतम, गण्डकी प्रदेशबाट भगवान बास्तोला, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी र सुदूपरिश्चम प्रदेशबाट रामचन्द्र भट्ट निर्वाचित निर्वाचित भए ।

त्यस्तै उपत्यका विशेष प्रदेशबाट निरोज श्रेष्ठ , विश्वविद्यालय प्रदेशबाट जटिल कार्की निर्वाचित भएका छन् । उपत्यकाबाट निर्वाचित श्रेष्ठ पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन्। उता विपिन पोखरेल पूर्वअध्यक्ष रञ्जित तामाङ र अध्यक्ष प्रचण्ड निकट हुन् ।

अहिले उपाध्यक्षको मतगणना भइरहेको छ । पेरिसडाँडामा जारी मतगणनामा राति सकिने निर्वाचन आयोगले जनाएको छ।

मतगणनामा चारवटा खुल्ला उपाध्यक्षमा प्रचण्ड टिम अगाडि छ । यस्तै देव गुरुङ र पम्फा भुसाल निकट विद्यार्थीहरू पनि उपाध्यक्षमा आउने सम्भावना छ ।

अटल आचार्य र मदन ढकाल भुसाल टिमका हुन । दीपा जैसी र विराज थापा प्रचण्ड र गुरुङनिकट विद्यार्थी नेता हुन । उनीहरू मत गणनामा अगाडि छन् ।

अन्य उपाध्यक्षहरू नेतापच्छे छ्यासमिस आउने सम्भावना छ । उपाध्यक्षमा जनार्दन टिमबाट पनि केही विद्यार्थी नेताले जित्ने अवस्था छ ।

सचिव १२ मा ६ जना शर्मा प्यानलबाट निर्वाचित भएका छन् । सम्झना राई, वीरेन्द्र जिसी, समकृत्रि पुन, आशिष् मोक्तान, अमर मण्डर, मिन्छोहाङ माबो निर्वाचित भएका छन् । यस्तै कोष अध्यक्षमा पनि शर्मा प्यानलबाट फूलमाया रानामगर खुसी निर्वाचित भइन् ।

यस्तै अनुशासन आयोगको अध्यक्षमा इन्दिरा पुरी निर्वाचित भइन । उनी पनि शर्मा प्यानलबाट हुन् । निर्वाचन आयोगको सचिव पनि शर्मा प्यानलबाट विजयी भए ।

क्रान्तिकारीको अध्यक्षका लागि सापकोटा र राईसहित सुदीन पौडेल र अवदेश यादवले उम्मेदवारी दिएका थिए । समग्रमा माओवादी विद्यार्थीको निर्वाचनमा उपमहासचिव शर्मा बलियो देखिएका छन् । उनले प्यानल बनाएर विद्यार्थीलाई निर्वाचन लडाएका थिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : ५९ बजे

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले