अखिल क्रान्तिकारी : जनार्दन शर्मा प्यानलको पकड, महासचिव, कोषाध्यक्ष र सात उपमहासचिव जित्यो « Khabarhub

अखिल क्रान्तिकारी : जनार्दन शर्मा प्यानलको पकड, महासचिव, कोषाध्यक्ष र सात उपमहासचिव जित्यो


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचनमा उपमहासचिव जनार्दन शर्मा प्यानलबाट बहुमत पदाधिकारी निर्वाचित भएका छन् ।

पछिल्लो मतगणनामा अध्यक्ष पदमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । सापकोटालाई उपमहासचिव शक्ति बस्नेत र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ थियो । उता राईलाई उपमहासचिव जनार्दन शर्माले साथ दिएका थिए ।

तर अध्यक्ष पद खुमलटारले जित निकाले पनि महासचिवमा उपमहासचिव जनार्दन शर्मा प्यानलका रोशन थापा मगर निर्वाचित भएका छन् । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव शक्ति बस्नेत प्यानलबाट विजयप्रकाश सापकोटा ७३ मतले विजयी भए । शर्मा प्यानलबाट अध्यक्षका उम्मेदवार उम्मेदवार हेमन्त राई पराजित भने पराजित भएका छन् ।

उता ९ जना उपमहासचिवमध्ये सातजना शर्मा प्यानलबाट निर्वाचित भएका छन् । उपमहासचिवमा प्रचण्ड पक्षका एक र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहबाट १ जना निर्वाचित भएका छन् ।

उपमहासचिवमा भौगोलिक ७ प्रदेश र गैरभौगोलिक २ प्रदेश गरेर ९ प्रदेशबाट ९ जना उपमहासचिवमध्ये कोशी प्रदेशबाट विपिन पोखरेल, मधेश प्रदेशबाट गजेन्द्र यादव, बागमतीबाट निर्मला गौतम, गण्डकी प्रदेशबाट भगवान बास्तोला, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी र सुदूपरिश्चम प्रदेशबाट रामचन्द्र भट्ट निर्वाचित निर्वाचित भए ।

त्यस्तै उपत्यका विशेष प्रदेशबाट निरोज श्रेष्ठ , विश्वविद्यालय प्रदेशबाट जटिल कार्की निर्वाचित भएका छन् । उपत्यकाबाट निर्वाचित श्रेष्ठ पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन्। उता विपिन पोखरेल पूर्वअध्यक्ष रञ्जित तामाङ र अध्यक्ष प्रचण्ड निकट हुन् ।

अहिले उपाध्यक्षको मतगणना भइरहेको छ । पेरिसडाँडामा जारी मतगणनामा राति सकिने निर्वाचन आयोगले जनाएको छ।

मतगणनामा चारवटा खुल्ला उपाध्यक्षमा प्रचण्ड टिम अगाडि छ । यस्तै देव गुरुङ र पम्फा भुसाल निकट विद्यार्थीहरू पनि उपाध्यक्षमा आउने सम्भावना छ ।

अटल आचार्य र मदन ढकाल भुसाल टिमका हुन । दीपा जैसी र विराज थापा प्रचण्ड र गुरुङनिकट विद्यार्थी नेता हुन । उनीहरू मत गणनामा अगाडि छन् ।

अन्य उपाध्यक्षहरू नेतापच्छे छ्यासमिस आउने सम्भावना छ । उपाध्यक्षमा जनार्दन टिमबाट पनि केही विद्यार्थी नेताले जित्ने अवस्था छ ।

सचिव १२ मा ६ जना शर्मा प्यानलबाट निर्वाचित भएका छन् । सम्झना राई, वीरेन्द्र जिसी, समकृत्रि पुन, आशिष् मोक्तान, अमर मण्डर, मिन्छोहाङ माबो निर्वाचित भएका छन् । यस्तै कोष अध्यक्षमा पनि शर्मा प्यानलबाट फूलमाया रानामगर खुसी निर्वाचित भइन् ।

यस्तै अनुशासन आयोगको अध्यक्षमा इन्दिरा पुरी निर्वाचित भइन । उनी पनि शर्मा प्यानलबाट हुन् । निर्वाचन आयोगको सचिव पनि शर्मा प्यानलबाट विजयी भए ।

क्रान्तिकारीको अध्यक्षका लागि सापकोटा र राईसहित सुदीन पौडेल र अवदेश यादवले उम्मेदवारी दिएका थिए । समग्रमा माओवादी विद्यार्थीको निर्वाचनमा उपमहासचिव शर्मा बलियो देखिएका छन् । उनले प्यानल बनाएर विद्यार्थीलाई निर्वाचन लडाएका थिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : ५९ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित