काठमाडौं तीनकुने क्षेत्रमा शनिबार बिहान ७ बजेसम्म कर्फ्यू : के छ अहिलेको अवस्था ? | Khabarhub Khabarhub

काठमाडौं तीनकुने क्षेत्रमा शनिबार बिहान ७ बजेसम्म कर्फ्यू : के छ अहिलेको अवस्था ?


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा शनिबार बिहान ७ बजेसम्म कर्फ्यू जारी रहेको छ।

काठमाडौं जिल्ला प्रशासनले शुक्रबार राति कर्फ्यू समय बढाएको हो। पहिलो सूचनामा दिउँसो ४:२५ देखि राति १० बजेसम्म मात्र कर्फ्यू आदेश जारी गरेको थियो। कर्फ्यू लागेपछि स्थिति सामान्य बन्दै गएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू जारी छ। कर्फ्यू लगाइएपछि नेपाली सेना बख्तरबन्द गाडीसहित सडकमा पुगेपछि स्थिति शान्त बनेको थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कर्फ्यू जारी गरिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, घेराउजस्ता गतिविधि गर्न निषेध गरिएको जानकारी दिएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ।

यो पनि
तीनकुने क्षेत्रको कर्फ्यू भोलि बिहान ७ बजेसम्मलाई लम्बियो

प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ। तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ। तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए।

यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ। विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिएका छन्।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ६ : ११ बजे

दुर्गा प्रसाईंको चेतावनी : छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछु

काठमाडौं – हिन्दु धर्म र राजा फर्काउने अभियान चलाइरहेका विवादित

वीरेन्द्रको वंशविनाश दरबारभित्रको शक्ति सङघर्षको परिमाण हो : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पोखरामा भलिबल च्याम्पियनसिप हुने

काठमाडौं – लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालको आयोजनामा ‘प्रथम

दुर्गेश थापाले गाए चलचित्र ‘कर्मा’ को गीत

काठमाडौं – चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत

इरानमा बस पल्टिँदा १४ जनाको मृत्यु, ४६ जना घाइते

तेहरान – इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा आइतबार एक अन्तरशहर सडकमा