राजावादीको अराजकता: दुईको मृत्यु, १५ सवारी साधन र १४ ठाउँमा आगजनी, १० लुटपाट | Khabarhub Khabarhub

राजावादीको अराजकता: दुईको मृत्यु, १५ सवारी साधन र १४ ठाउँमा आगजनी, १० लुटपाट


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार दिनभर तनावग्रत बनेको तीनकुने क्षेत्रमा दुई जनाको मृत्यु हुँदा ५३ जना प्रहरी घाइते भएको विवरण सार्वजनिक भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको विवरण अनुसार निजी र सरकारी गरेर १५ सवारी साधनमा आगजनी हुँदा १४ ठाउँका भौतिक संरचना ध्वस्त भएका छन्। पूर्व राजाका समर्थकले थप १० ठाउँमा लुटपाट गरेका छन्।

पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ।

यो पनि
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर

तीनकुने क्षेत्रको कर्फ्यू भोलि बिहान ७ बजेसम्मलाई लम्बियो

प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ। तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ। तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए।

यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ। विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिएका छन्।

आन्दोलन अराजक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो ४ बजेपछि कर्फ्यू आदेश जारी गरेको हो। कर्फ्यू अबधी शनिबार बिहान ७ बजेसम्मलाई तोकिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ६ : २८ बजे

संसद् कसैले अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपसभापति गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै

सम्पत्ति शुद्धीकरणविरुद्ध नीति तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरुद्ध

भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्नुपर्छ : हितराज पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

चितवन– मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज

नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेकाे छ : उड्डयनमन्त्री पाण्डेले

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सका