तीनकुनेमा हिंसा भड्किएपछि सटरमा लुकेका थिए दुर्गा प्रसाईं « Khabarhub

तीनकुनेमा हिंसा भड्किएपछि सटरमा लुकेका थिए दुर्गा प्रसाईं


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व राजा समर्थकको नाममा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा अराजकता भड्काउने दुर्गा प्रसाईं आन्दोलन चर्किएपछि सटरमा लुकेको खुलेको छ।

आन्दोलनकारीलाई हिंसात्मक बन्न उक्साएर प्रसाईं आफू भने सटरमा लुकेर अर्कै गाडी चढेर प्रदर्शनस्थलबाट भागेको भिडियो सामाजिक सञ्जालमार्फत् सर्वजनिक भएको हो। प्रसाईंले निषेधित क्षेत्र तोडेपछि आन्दोलन भड्किएको थियो।

आन्दोलनमा हिंसा भड्काउन उक्साउने राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा, आन्दोलनरत राजावादी समूहका प्रवक्ता स्वागत नेपाल पक्राउ परेका छन्। आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो।

दुर्गा प्रसाईंको भने खोजी भइरहेको प्रहरीले बताएको छ। पक्राउ परेका सबैलाई प्रहरीले डकैती, आगजनी, संगठित अपराध, हत्यासहितका मुद्दा लगाउनेगरी प्रतिवेदन तयार पारिरहेको छ।

प्रहरीले अन्य व्यक्ति पक्राउ गरे पनि राजावादीका संयोजक भनिएका नवराज सुवेदीलाई घरमै निगरानीमा राखेको जनाएको छ।

यस्तै राजावादी आन्दोलनका ‘जनकमान्डर’ प्रसाईंलाई प्रहरीले खोजिरहेको छ। पक्राउ पर्ने सूचना पाए लगत्तै प्रसाईं मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन्।

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गर्न लगाएर उनी कार्यक्रमस्थलबाट सुटुक्क गाडी चढेर भागेका थिए। त्यसपछि आफूलाई पक्राउ गर्न आउँन नपर्ने, आफू नै जहाँ बोलाउँछौं त्यहीँ आउँछु भनी प्रहरीलाई चुनौती दिएका प्रसाईं त्यसलगत्तै सम्पर्कबिहीन भएका हुन्। उनलाई प्रहरीले खोजी रहेको छ।

प्रसाईं अहिले कहाँ छन् भन्नेबारे जानकारी छैन। शुक्रबार राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : ०३ बजे

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट

काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश

विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस

झापा– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

मेयर बालेन र उपमेयर सुनिताले गरे वडा प्रशासनिक भवनको शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार