पत्रकार हत्याविरुद्ध सुर्खेतमा विरोधसभा « Khabarhub

पत्रकार हत्याविरुद्ध सुर्खेतमा विरोधसभा


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– राजसंस्थाको पुर्नस्थापनाको माग राख्दै शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार र सञ्चार माध्यममा भएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको अगुवाईमा सुर्खेतस्थित पत्रकारहरूले विरोधसभा गरेका छन् । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

शुक्रबार भएको राजावादीनिकटको आन्दोलनले हिंसाको रूप लिएको पत्रकार महासंघ सुर्खेत शाखाले ठहर गरेको छ । व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा सहभागी समूहले शुक्रबार तीनकुनेमा गरेको आगजनीमा परी रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ।

त्यस्तै विभिन्न सन्चार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतंकित तुल्याउने काम भएको भन्दै सुर्खेतस्थित पत्रकारहरूले उक्त घटनामा संलग्नमाथि कानुनी कारबाहीको समेत माग गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : ३० बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन