राजावादी आन्दोलनको समीक्षा गर्दै राप्रपा  « Khabarhub

राजावादी आन्दोलनको समीक्षा गर्दै राप्रपा 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पछिल्लो विकसित घटना क्रमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनपछिको घटना क्रमबारे छलफल गर्न राप्रपाले बैठक बोलाएको हो । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शनिबार ३ बजे केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए । ‘विकसित घटनाक्रमका बारेमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न ३ बजे केन्द्रीय कार्यालयमा बैठक बस्दैछ,’ उनले खबरहबसँग भने । 

संयुक्त जनआन्दोलन समितिको आह्वानमा शुक्रबार भएको आन्दोलनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धव शमशेर राणालाई प्रहरीले शुक्रबार बेलुका नै पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : ३७ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन