पूर्वराजालाई सिटौलाको प्रश्न- शुक्रबारको हिंसात्मक घटनाबारे धारणा के हो ?  « Khabarhub

पूर्वराजालाई सिटौलाको प्रश्न- शुक्रबारको हिंसात्मक घटनाबारे धारणा के हो ? 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चैत १५ (शुक्रबार)को अराजकतावादी आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन् । बीपी चिन्तन प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै उनले तीनकुनेमा राजावादीले गरेको हिंसात्मक आन्दोलनबारे पूर्वराजाको धारणा माग गरेका हुन् ।

‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीले जे हिंसात्मक र दुःखद घटना घटाए, त्यसप्रति मेरो खेद छ । घटनाको म भर्त्सना गर्दछु,’ नेता सिटौलाले भने, ‘घटना पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन रु हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जवाफ दिनु पर्छ ।’ 

सिटौलाले पूर्वराजा ज्ञानेन्द्रले सरकारबाट पाएको सम्मान र सुरक्षाको पनि ख्याल गर्नु सुझाव दिए ।

 ‘पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्किदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुन–जुन कुराहरू उठान भएका छन । त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ,’ सिटौलाले भने, ‘उहाँको निवासमा प्रदर्शनको सञ्चालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन् ।’
 
उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजा हुँदाको समयजस्तै व्यवहार नदेखाउन आग्रहसमेत गरे । राजाहरूको पटक-पटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको भन्दै सिटौलाले गणतन्त्र न उल्टिने पनि जिकिर गरे ।

‘गणतन्त्र अहिलेको महान उपलब्धि हो । राजाहरूको पटक–पटकको लोकतन्त्रमाथिको अतिक्रमण पछि गणतन्त्र आएको हो,’ कांग्रेस नेता सिटौलाले भने, ‘लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी र संघीयता आजको महान उपलब्धि हो । यी उल्टिँदैनन् ।’

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : १४ बजे

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको