म्यान्मार भूकम्पमा परेर १७ जना नेपालीको मृत्यु « Khabarhub

म्यान्मार भूकम्पमा परेर १७ जना नेपालीको मृत्यु


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यान्मारमा शुक्रबार गएको भूकम्पमा परेर अहिलेसम्म १७ जना नेपालीभाषीको निधन भएको छ। तीमध्ये अहिलेसम्म ९ जना नेपालीको शव भेटिएको छ। 

बर्मेली नेपाली साहित्यकार लक्ष्मण न्यौपानेका अनुसार अरु नेपालीभाषीको शव खोजी भइरहेको छ। 

‘सबैभन्दा धेरै क्षति मान्डेलेमा भएको देखिन्छ। निधन भएका नेपालीभाषीहरू पनि उतैतिरका हुनुहुन्छ’ उनले भने ‘नौजना नेपालीको शव फेला देवी सिंखडाका छोरा खतिवडा, दाहाललगायतका परिवारका सदस्यहरूको निधन भएको छ।’

शुक्रबार त्यहाँ ७.९ रेक्टरस्केलको भूकम्प गएको थियो। त्यो भूकम्पले थाइल्याण्डमा पनि थुप्रै जनधनको क्षति गराएको छ। 

म्यान्मारमा अहिलेसम्म १ हजारभन्दा धेरैको शव भेटिइसकेको छ। सञ्चारमाध्यमहरूका अनुसार त्यहाँ अहिले पनि खोजी, उद्धार र राहतको काम भइरहेको छ। दशौँ हजार मानिस मारिएको हुनसक्ने उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले जनाएका छन्।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : २६ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन