राजावादीको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन « Khabarhub

राजावादीको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को त्रि–चन्द्र क्याम्पस इकाईले राजावादीको हिंसात्मक आन्दोलनको विरोधमा प्रदर्शन गरेको छ । 

नेविसंघले शनिबार क्याम्पस प्राङ्गण अगाडि नाराबाजी गर्दै कोणसभा गरेको हो । कार्यक्रममा स्ववियु सभापति पदका उम्मेदवारद्वय विवेक बानियाँ र श्रीधर श्रेष्ठले मन्तव्य दिएका थिए । 

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध सलबलाएको आपराधिक गतिविधिलाई निस्तेज पार्न कार्यक्रम गरिएको नेविसंघ नेता अशोक धामीले बताए । केन्द्रीय सदस्य केशरजंग बमले दशकौं अघि दाहसंस्कार गरिएको राजतन्त्रको प्रतिवादका लागि संगठन सचेत रहेको बताए । 

कोणसभा आन्दोलनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजक र कीर्तिपुरका बासिन्दा सविन महर्जनलाई श्रद्धाञ्जली व्यक्त गर्दै नेविसंघले गणतन्त्रका पक्षमा नाराबाजी गरेको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : ५० बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन