पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना, कुन शीर्षकमा कति ? « Khabarhub

पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना, कुन शीर्षकमा कति ?


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै आठ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । महानगरपालिकाले चैत १५ (शुक्रबार) तीनकुनेमा आयोजना गरिएको कार्यक्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्यायको भन्दै ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो । 

महानगरले पूर्वराजाको नाम उल्लेख गरेर आठवटा छुट्टाछुट्टै पत्र काटेको छ । खबरहबलाई प्राप्त पत्रहरूमा फरक-फरक शीर्षकमा फरक-फरक जरिवाना रकम तोकिएको छ । 

महाननगरले कोटेश्वर, जडिबुटी, तीनकुने, बालकुमारी, महादेवस्थान र सिनामंगल क्षेत्रमा सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै ६ लाख रुपैयाँ जरिवाना तोकेको छ । 

महानगरले आगो निभाउन प्रयोग भएको न्युरोड वारुण यन्त्रको दमकलमा ढुंगामुढा गरेर तोडफोड गरेको भन्दै एक लाख ३० हजार रुपैयाँ जरिवाना तोकेको छ । 

यस्तै राजावादीले कार्यक्रम आयोजना गरेको तीनकुने क्षेत्रका रुख, विरुवा र रेलिङ भाँचेवापत ४० हजार र तीनकुनेकै आइल्यान्ड तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ ।

गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किदा आयोजित स्वागत कार्यक्रममा पनि फोहोर गरेको र र्‍यालिङ भाँचेको भन्दै महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना तिराएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ४ : ३८ बजे

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने