तीनकुने घटना छानबिनका लागि उच्च न्यायिक छानबिन आयोग बनाऊ : रास्वपा  « Khabarhub

तीनकुने घटना छानबिनका लागि उच्च न्यायिक छानबिन आयोग बनाऊ : रास्वपा 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चैत १५ गतेको घटना छानबिनका लागि उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । 

रास्वपाको शनिबार बसेको सचिवालयको ‘भर्चुअल’ बैठकले तीनकुने क्षेत्रमा राजसंस्था समर्थकको आन्दोलनपछि सुरु भएको हिंसात्मक क्रियाकलापको छानबिनका लागि उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको हो ।  

‘काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा २०८१ चैत्र १५ गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याइ यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने,’ बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

सचिवालयको ‘भर्चुअल’ बैठकले चैत १८ गते केन्द्रीय समिति बैठक बोलाउने पनि निर्णय गरेको छ । केन्द्रीय समिति बैठक पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बताइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ५ : ०३ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन