कांग्रेसको निष्कर्ष- तीनकुने हिंसाको सम्पूर्ण जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ « Khabarhub

कांग्रेसको निष्कर्ष- तीनकुने हिंसाको सम्पूर्ण जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटना र विध्वंशको सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।

सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको काङ्ग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

कांग्रेसले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने बताउँदै यसमा संलग्नमाथि कडा कारबाहीका लागि सरकारसँग माग पनि गरेको छ ।

कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे त्यो निष्कर्ष निकालेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

राजावादीहरूको पूर्वयोजनाअनुसार निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको निष्कर्ष निकालिएको कांग्रेस प्रवक्ता महतले बताए । कांग्रेसले यो घटना गम्भीर रहेको भन्दै चाँडै सर्वदलीय बैठक बस्नु आवश्यक रहेको पनि ठहर गरेको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाबारे ब्रिफिङ गरेका थिए। लेखकले प्रहरीले राजावादीको सभास्थललाई ताकेर कुनै गोली र टियर ग्यास नहानिएको पनि बताएका छन् ।

‘राजावादीले जुन हिसाबले लक्षित गरी आक्रमण गरे। निजी घर, व्यवसायिक घर, मिडिया हाउसमा तोडफोड भयो। त्यसको कांग्रेसले भर्त्सना गरेको छ,’ महतले भने, ‘निरंकुशता लाद्‍ने मनसायसहित यो घटना गराइएको छ। आक्रमणको योजना बनाइएको छ। यसको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ।’

पूर्वराजा शाहकै निर्देशनमा तीनकुनेमा अराजकता मच्चाउने समूह भेला भएको कांग्रेसले आरोप लगाएको छ । तोडफोड र आगजनीमा संलग्नलाई कानुनी कारबाहीको दायरमा ल्याउन पनि कांग्रेसले माग गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : ०३ बजे

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता