नयाँ उपन्यास ‘हिँउको गीत’ विमोचन « Khabarhub

नयाँ उपन्यास ‘हिँउको गीत’ विमोचन


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखराका साहित्यकार तीर्थ गुरुङको नयाँ उपन्यास ‘हिँउको गीत’को काठमाडौंमा विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा शनिबार उक्त कृति विमोचन गरिएको हो ।

विमोचनमा लेखक सुविन भट्टराई, बिना थिङ र समाजशास्त्री डा। गणेश गुरुङले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै सुविनले गुरुङको औपन्यासिक पुस्तकमाथि फिल्म बनाए अद्भूत हुने बताए ।

बिना थिङ तामाङले उक्त पुस्तक सबाल्र्टन लिटरेचर रहेको बताइन् । गणेश गुरुङले कृतिलाई गुरुङ इतिहासको यथार्थ चित्रणका रुपमा व्याख्या गरे ।

कार्यक्रम लेखक गुरुङ सुशान्तले चलाएका थिए भने लेखक परिचय अर्का लेखक भूपिनले दिएका थिए । कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरे, लेखकहरू कुमार नगरकोटी, नारायण ढकाल, पत्रकार एवं लेखक यज्ञश तथा वरिष्ठ रंगकर्मी अनुप बराल लगायत सहभागी रहे ।

गुरुङको कृति सांग्रिला बुक्सले बजारमा ल्याएको हो । ४२७ पृष्ठको उपन्यासको हार्डकभर मूल्य १ हजार ९५ रुपैयाँ छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : ४१ बजे

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको