सुरक्षालाई बहिष्कार गरिएको फिल्ममा 'हेना' पनि | Khabarhub Khabarhub

सुरक्षालाई बहिष्कार गरिएको फिल्ममा ‘हेना’ पनि


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बहिष्कारले फिल्म नचल्ने होइन । यदि बहिस्कारले फिल्म नचल्ने भए ‘छक्का पञ्जा’ सिरिजको हालत के हुन्थ्यो होला !

सम्भवतः ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्रीमाथि ‘महानायक काण्ड’मा सामाजिक सञ्जालमा बहिस्कार घोषणा, नकारात्मक टिप्पणी र साइबर बुलिङ कसलाई पो भयो होला !

दीपा झन्डै ‘डिप्रेसन’ शिकार भएकी थिइन् । यो कुरा उनी जुन कार्यक्रम गएर बोल्दा ‘महानायक काण्ड’ उब्जियो त्यसैका प्रस्तोता प्रकाश सुबेदीले एक अन्तर्वार्ता बोलेका हुन् ।

पाँच वर्षअघि दीपा यो विवादमा परिन् । त्यसको बाछिट्टाले गत दशैँमा प्रदर्शनमा आएको उनको निर्देशन रहेको फिल्म ‘छक्का पञ्जा ५’मा हानेको थियो ।

त्यसबेला पनि सामाजिक सञ्जालमा ‘छक्का पञ्जा ५’ बहिष्कार गर्ने कमेन्ट र स्ट्याटस छ्याछ्यास्ती पाइन्थ्यो ।

तर, यस फिल्मको ग्रस कलेक्सन १५ करोडमाथि छ । यही प्रष्ट छ । सामाजिक सञ्जालमा बहिष्कार भनेर केही व्यक्ति उत्रिएर फिल्मको व्यापार डिजास्टर नहुने रहेछ । कन्टेन्ट भए फिल्म अवश्य बिक्छ ।

अब नायिका सुरक्षा पन्तमा प्रवेश गरौं । उनले ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रप्रति गरेको टिप्पणीले उनको फिल्म ‘खेल’ बहिष्कार गर्ने व्यक्ति सामाजिक सञ्जालमा बाक्लै भेटिन्छन् ।

यस फिल्मको सुरुवाती चार दिनको अकुपेन्सी न्यून छ । बहिष्कारले हो वा फिल्म कमजोर भएर हो हलमा थोरै दर्शक पुगेको चाहिँ सत्य हो ।

यसको अर्थ सुरक्षामाथि बहिष्कारको कुरा उठ्नु ठीक भयो भन्ने नलागोस् ।

कुनै व्यक्ति वा संस्थामाथि सुरक्षाको विचार र विचार राख्ने शैली ठीक वा बेठीक त्यो बहस विषय बन्न सक्ला !

अझ, एक कलाकारको अभिव्यक्तिलाई लिएर फिल्म बहिष्कार गर्नु कदापि उचित होइन । रिलिजको दुई-चार दिन अघि बहिष्कार गर्नु त झन् गलत हो ।

यसले निर्माताको लगानी, लेखक तथा निर्देशक सिर्जना, अरु कलाकारको करिअर जोखिममा पर्न सक्छ ।

फिल्ममा अनुबन्ध हुने बेलै बहिष्कार गर्ने घोषणा भए यी माथिका जोखिमबाट बच्न निर्माण पक्षले बिकल्प रोज्न सक्छ ।

अब प्रश्न उठ्छ– बहिष्कारमै परेर ‘खेल’को अकुपेन्सी कमजोर भएको हो त ?

गत वर्ष सबैभन्दा बढी दर्शकले हेरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मको जम्मा १७ लाख दुई हजार ३० प्रति टिकट ब्रिक्री भएको छ ।

यो फिल्मका निर्माता विनोद पौडेलले १२ लाखको टिकट आफैँले किनेको स्वीकार गरेका छन् । एक टिकटको दर ३०० राख्दा चार हजार प्रति टिकट निर्माता आफैँले किनेका हुन् ।

अर्थात्, नेपाली फिल्मको बजार १६ लाख ९८ हजार टिकट बिक्री हुने खालको छ भनेर ‘पूर्णबहादुरको सारङ्गी’ देखाएको छ ।

अब सुरक्षाको ‘खेल’ बहिष्कार घोषणा गर्ने संख्या कति होला ? बहिष्कारको संख्या १६ लाखभन्दा बढी छ ? यही आँकडाले ‘खेल’को अकुपेन्सी बहिष्कारमै परेको भए पनि कस्तो हुनुपर्ने देखाउँछ ।

बजारमा देखिएको बहिष्कारको ‘हाउगुजी’बारे यो फरक कोणबाट विश्लेषण मात्रै हो ।

बलियो कन्टेन्ट अघि सामाजिक सञ्जालकै बहिस्कार त्यस्तो उतपात शक्तिशाली हुँदैन । विगतका उदाहरण मैलेमाथि नै दिइसकेँ । तर, बहिस्कारको भीड सडकमा निस्कियो भने त्यसले फरक रुप लिन सक्छ ।

सुरक्षाको अभिव्यक्तिले फिल्म बहिस्कार पार्नुमा उनले जिम्मेवारीले लिनुपर्छ कि हाम्रो बहिष्कारको गलत परम्परा विकसित छ, यो कोणबाट बहस भएन भने अन्य कलाकार पनि यसको घानमा पर्न सक्छन् ।

बहिष्कारले फिल्मको व्यापारको प्रभावबारे बिर्सने हो भने पनि कलाकार मानसिक तनावमा पर्न सक्छ । केही व्यक्तिमाथि भद्र टिप्पणीले यो अवस्था सिर्जना हुनु उचित होइन ।

तर, ‘यो फिल्म बहिष्कार’ भनेर एक व्यक्तिले सामाजिक सञ्जालमा लेख्दा त्यो पढ्ने अर्को व्यक्ति उक्त फिल्म हेर्न नजाने निर्णयमा पनि पुग्न सक्छ ।

धेरै व्यक्तिले लेखे भने धरै व्यक्ति फिल्म हेर्न नजाने जोखिम भने अवश्य बन्न सक्छ ।

सामाजिक सञ्जालको माहोल हेर्दा ‘खेल’को कमजोर अकुपेन्सीको जस ‘बहिष्कार’ नमान्नुपर्ने कारण छैन । तर, बजारमा विकसित भए जस्तो ‘हाउगुजी’ किन होइन मैले ‘पूर्णबहादुरको सारङ्गी’को उदाहरण दिइसकेँ ।

यसको टिकट बिक्री संख्या र सुरक्षालाई बहिस्कार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या हरे भइहाल्यो ।

आखिर बहिष्कार खराब नै हो । ५ जनाले गरे पनि लाखौंले गरे पनि हलमा उपस्थित हुनेको संख्या कम भइ नै हाल्छ ।

यो बहिष्कारको घानमा बढी पेल्सिने भनेको नवप्रतिभा एक हुन् । किन बढी भन्दा– उनीहरुको करिअर जोडिएको हुन्छ ।

‘खेल’बाट नायिका हेना नगरकोटीको उदाहरण लिँदा हुन्छ । उनको यो प्रदर्शनमा आएको हिसाबले दोस्रो फिल्म हो ।

हेनाले खबरहबलाई बताएअनुसार ‘खेल’मा उनको अभिनय क्षमता हेरेर मेकरहरु फिल्ममा लिने तयारीमा छन् ।

अर्कोतर्फ अभिनयमा करिअर खोजिरहेकी उनलाई धेरैभन्दा धेरैले दर्शकलाई आफ्नो काम देखाउने इच्छा स्वभाविक छ ।

यहीबाट थाहा हुन्छ हेनाको लागि यो फिल्म कति विशेष छ । अब सुरक्षाकारणले ‘खेल’ बहिष्कार गर्दा हेनाको करिअरमा कस्तो असर पर्ला ? करिअरसँग जोडिएको यस विषयलाई नजरअन्दाज गर्न अवश्य मिल्दैन ।

अब हेनाले ‘खेल’ बहिष्कारमा परेर मेरो करिअरमा असर पर्‍यो भनिन् भने त्यसको जवाफ कसले दिने ?

हेना उदाहरण मात्रै हुन् । हेनाहरुले आफ्नो फिल्म निर्धक्कले प्रचार गर्न पाउनुपर्छ । फिल्म प्रचार गर्दा कमेन्ट बक्सका ‘बहिष्कार’ शब्द देख्नुहुँदैन ।

धन्न, ‘खेल’ बहिष्कारलाई हेनाले यो कोणबाट सोचेकी छैनन् वा सोचेर पनि खबरहबसँग भन्न चाहिनन् ।

‘खेल’ बहिष्कारले आफूलाई व्यक्तिगतरुपमा असर नपारेको उनको बुझाइ छ ।

सुरक्षाले उक्त अभिव्यक्ति नदिएको भए हुन्थ्यो ? भन्ने प्रश्नमा हेनाको जवाफ छ, ‘उहाँको त्यो बोल्न पाउने अधिकार हो । म यसलाई गलत भन्न सक्दिनँ ।’

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ४ : ५९ बजे

रुकुम पश्चिमको सोती घटनाः जन्मकैदको फैसला सदर, जातीय विभेद बदर

सुर्खेत – रुकुम पश्चिमको कुख्यात सोती घटनामा उच्च अदालत सुर्खेतले

ट्रम्पको कर योजनाले अमेरिकी उपभोक्ताको हालत जर्जर

एजेन्सी – कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको

निर्देशक चौहानलाई प्रश्न – फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर हेर्दा ‘जारी’को झल्को किन ?

काठमाडौं – नायक विपीन कार्की र मिरुना मगर केन्द्रीय भूमिकामा

झुट्टा अध्यापन अनुमतिपत्र पेस गरेको आरोपमा शिक्षकमाथि मुद्दा

गोलबजार– धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा