भोलिसम्म निष्कर्षमा पुग्नेगरि महासंघसँग चरणवद्ध वार्ता जारी छ : नेता महर « Khabarhub

भोलिसम्म निष्कर्षमा पुग्नेगरि महासंघसँग चरणवद्ध वार्ता जारी छ : नेता महर


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकहरूसँगको वार्ता माग सम्बोधनउन्मुख रहेको बताएका छन्।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्षहरू र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिहरूसँग कुरा गर्दै सोमबार यताका पटक-पटकका वार्तापछि सरकार, संयन्त्र ,राजनीतिक दल र शिक्षक नेता सहमतिनजिक पुगेका उनले बताए।

‘आन्दोलनरत शिक्षक भोलिसम्म कार्यस्थल फर्किने गरी नेपाल शिक्षक महासंघसँग गम्भीर रूपले वार्ता परिणाममुखी हुने गरी गृहकार्य भइरहेको छ,’ महरले भने।

कांग्रेसबाट शिक्षकका माग सम्बोधनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका महरले आज बिहान शिक्षक नेताहरूसँगको भेटमा राजनीतिक दल माग सम्बोधनमा सकारात्मक रहेकाले आजभोलीमै परिणाम निस्कने बताए।

तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज-भोलि नै मन्त्रिपरिषद् बाट सम्बोधन हुने र विद्यालय शिक्षा ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको महरले बताए।

‘कक्षा १२ को परीक्षा समयमै सुरु हुने गरी काम भइरहेको छ। नेपाल शिक्षक महासंघका प्राय एजेन्डा मन्त्रिपरिषद्बाट सम्बोधन हुने र शिक्षा ऐन यथाशक्य छिटो पारित गर्ने प्रतिवद्धतासहित माग सम्बोधन गर्ने गरी गृहकार्य अगाडि बढिरहेको छ,’ उनले थपे।

शिक्षकको सम्मान हुने गरी शिक्षा भित्रका थुप्रै समस्या भोलिसम्म सम्बोधन हुने महरको दाबी छ। यसले शिक्षाभित्रको गतिरोध हटेर जाने विश्वाससमेत व्यक्त गरेका छन्। गुणस्तरिय शिक्षा प्राप्तिका लागि शिक्षक ,विद्यार्थी, अभिभाकर सरकार सबैले आआफ्नो कर्तव्य पालना गर्नु समेत महरको भनाई छ ।

यस्तै, सोमबार राति मन्त्रालयबाट निस्किँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र केही छलफल आवश्यक रहेको बताएका थिए। यद्यपि शिक्षा ऐन जारी गर्न माग गर्दै २८ दिनदेखि शिक्षकले काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी नै राखेका छन्।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : ०१ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक