‘माया प्रीति’मा दिव्या र आर्शिवादको जोडी « Khabarhub

‘माया प्रीति’मा दिव्या र आर्शिवादको जोडी


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘नाइँ नभन्नु ल ६’बाट ठूलो पर्दामा डेब्यू गरेका नायक आर्शिवाद क्षेत्रीले नयाँ फिल्म साइन गरेका छन् । उनी मंगलबार फिल्म ‘माया प्रीति’मा अनुबन्धीत भएको फिल्मको निर्माण पक्षले जानकारी दिएको हो।

यस फिल्मका निर्देशक अभि श्रेष्ठका अनुसार आर्शिवाद यस फिल्मको शीर्ष मध्येको एक कलाकारका लागि अनुबन्ध भएका हुन् । यस फिल्मको नायिकामा दिव्या रायमाझी यसअघि नै फाइनल भइसकेकी छन् । उनी गत माघमा नै यस फिल्ममा अनुबन्ध भएको जानकारी दिइएको थियो ।

यो लभस्टोरी फिल्ममा नायिका दिव्या र आर्शिवाद जोडीको भूमिकामा रहने बुझिएको छ ।यस फिल्मको अहिले वर्कसप अन्तिम चरणमा पुगेको छ । अबको केही दिनमै छायाङ्कन सुरु हुने निर्माण पक्षले बताएको छ ।

यसअघि निर्माण पक्षले बताएअनुसार यो फिल्म नयाँ पुस्ताको प्रेम कथामा आधारित छ । फिल्मको कार्यकारी निर्माता नायिका निशा अधिकारी हुन् । यसले पनि ‘माया प्रीति’ चर्चामा छ ।

वन टु थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा बन्ने यस फिल्मको अन्य जानकारी भने गोप्य राखिएको छ ।

आर्शिवादको यो तेस्रो फिल्म हो । ‘नाइँ नभन्नु ल ६’बाट डेब्यू गरेका उनले ‘श्री बुकुरो’ फिल्ममा अभिनय गरिसकेका छन् । यस फिल्मको छायाङ्कन पूरा भए पनि प्रदर्शन मिति तोकिएको छैन ।

नायक दिलीप रायमाझीकी छोरीसमेत रहेकी दिव्याले फिल्म ‘एक्टर : टेक वान’बाट गत वर्ष ठूलो पर्दामा डेब्यू गरेकी हुन् । गत वर्ष उनको अर्को फिल्म ‘पिताम्बर’ पनि प्रदर्शनमा आएको थियो ।

‘माया प्रीति’ दिव्या छायाङ्कनमा सहभागी हुने तेस्रो फिल्म बन्ने भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : ३५ बजे

सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा सस्मित पोखरेललाई अगाडि सार्ने भएको

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई