‘माया प्रीति’मा दिव्या र आर्शिवादको जोडी « Khabarhub

‘माया प्रीति’मा दिव्या र आर्शिवादको जोडी


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘नाइँ नभन्नु ल ६’बाट ठूलो पर्दामा डेब्यू गरेका नायक आर्शिवाद क्षेत्रीले नयाँ फिल्म साइन गरेका छन् । उनी मंगलबार फिल्म ‘माया प्रीति’मा अनुबन्धीत भएको फिल्मको निर्माण पक्षले जानकारी दिएको हो।

यस फिल्मका निर्देशक अभि श्रेष्ठका अनुसार आर्शिवाद यस फिल्मको शीर्ष मध्येको एक कलाकारका लागि अनुबन्ध भएका हुन् । यस फिल्मको नायिकामा दिव्या रायमाझी यसअघि नै फाइनल भइसकेकी छन् । उनी गत माघमा नै यस फिल्ममा अनुबन्ध भएको जानकारी दिइएको थियो ।

यो लभस्टोरी फिल्ममा नायिका दिव्या र आर्शिवाद जोडीको भूमिकामा रहने बुझिएको छ ।यस फिल्मको अहिले वर्कसप अन्तिम चरणमा पुगेको छ । अबको केही दिनमै छायाङ्कन सुरु हुने निर्माण पक्षले बताएको छ ।

यसअघि निर्माण पक्षले बताएअनुसार यो फिल्म नयाँ पुस्ताको प्रेम कथामा आधारित छ । फिल्मको कार्यकारी निर्माता नायिका निशा अधिकारी हुन् । यसले पनि ‘माया प्रीति’ चर्चामा छ ।

वन टु थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा बन्ने यस फिल्मको अन्य जानकारी भने गोप्य राखिएको छ ।

आर्शिवादको यो तेस्रो फिल्म हो । ‘नाइँ नभन्नु ल ६’बाट डेब्यू गरेका उनले ‘श्री बुकुरो’ फिल्ममा अभिनय गरिसकेका छन् । यस फिल्मको छायाङ्कन पूरा भए पनि प्रदर्शन मिति तोकिएको छैन ।

नायक दिलीप रायमाझीकी छोरीसमेत रहेकी दिव्याले फिल्म ‘एक्टर : टेक वान’बाट गत वर्ष ठूलो पर्दामा डेब्यू गरेकी हुन् । गत वर्ष उनको अर्को फिल्म ‘पिताम्बर’ पनि प्रदर्शनमा आएको थियो ।

‘माया प्रीति’ दिव्या छायाङ्कनमा सहभागी हुने तेस्रो फिल्म बन्ने भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : ३५ बजे

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन

भरतपुरमा बृहत् चक्रपथ उद्‌घाटन

नारायणगढ–  देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्