शहीदका पीडा बिर्सेका छैनौँ : प्रचण्ड | Khabarhub Khabarhub

शहीदका पीडा बिर्सेका छैनौँ : प्रचण्ड


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको अभियान टोलीले धनगढी उपमहानगरपालिका–१८ फूलबारी डिपो बजारमा शहीद परिवारहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ।

सो अवसरमा शहीद परिवारको तर्फबाट ज्ञापनपत्र पनि बुझाइएको छ । अध्यक्ष दाहालले शहीद परिवारका माग र पीडालाई पार्टीले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्दै भने, ‘समस्या जहाँ समाधान गर्न सकिन्छ, त्यहीँ गर्नेछौँ, नसके केन्द्रमा पुर्‍याएर अगाडि बढाउनेछौँ।’

उनका अनुसार अहिले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार देशभर शहीद तथा बेपत्ता परिवारहरूसँग संवाद भइरहेको छ।

उनले स्मरण गरे, ‘प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरिएको थियो, जुन शहीद, बेपत्ता र योगदान दिने सबैको सम्मानको विषय हो।’

अदालतको आदेशका कारण त्यो प्रक्रिया रोकिए पनि पार्टी अझै त्यसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा रहेको बताएका छन्।

उनले भने, ‘शहीदहरू राष्ट्रिय शहीद घोषित हुनु सन्तोषको कुरा हो।’ सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, सिफारिस समिति बनेको र त्यसको आधारमा आयोग बन्ने प्रक्रियाले गति लिएको जानकारी दिइएको छ।

आयोग बनेपछि राज्यले शहीद तथा बेपत्ताका नाममा प्रमाणिक मान्यता दिने, स्मृति पार्क निर्माण गर्ने, प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिनेछ। साथै, कम्तीमा एक जना परिवार सदस्यलाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानुनी व्यवस्था विधेयकमै रहेको जानकारी दिइएको छ।

 जनयुद्धमा समर्पित परिवारको योगदानको स्मरण गर्दै अध्यक्ष दाहालले भने, ‘हामी तपाईँहरूका पीडा बिर्सेका छैनौँ, बिर्सने पनि छैनौँ।’

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ४ : ५१ बजे

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त

एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध

काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले

हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध बिहीबार सुनुवाइ

काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा