अस्पतालको छतबाट हाम फालेका मिर्गौला पीडितको मृत्यु « Khabarhub

अस्पतालको छतबाट हाम फालेका मिर्गौला पीडितको मृत्यु


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

धनगढी– सेती प्रादेशिक अस्पतालको छतबाट हाम फालेका मिर्गौला पीडितको मृत्यु भएको छ । 

सेती अस्पतालमा डायलासिस गराउँदै आएका गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए। लगत्तै चिकित्सकले उनलाई मृत  घोषणा गरेको प्रहरीले बताएको छ ।

सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासि तेस्रो तलाबाट हाम फालेको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले बताए ।  
सोमवार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । 

सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि हाम फालेको देखिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ४ : ३९ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक