३० हजार घुस लिएको आरोपमा सईविरूद्ध विशेष अदालतमा मुद्दा « Khabarhub

३० हजार घुस लिएको आरोपमा सईविरूद्ध विशेष अदालतमा मुद्दा


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३० हजार घुस रकमसहित पक्राउ परेका एकजना प्रहरी नायब निरीक्षक (सई)विरूद्ध मुद्दा दर्ता गरिएको छ। 

अख्तियार दुरुपयोग अनुन्सन्धान आयोगले रूपन्देहीको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्काविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

रूपन्देहीको दुर्गौलिया नाका हुँदै भारतबाट अवैधरूपमा घरायसी सामान भित्र्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएपछि खड्काविरुद्ध ३० हजार बिगोसहित सजायको माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ११ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु