श्रमसंसार पोर्टलले रोजगारीको लागि सही सूचना सम्प्रेषण गर्नेछ : श्रममन्त्री भण्डारी  « Khabarhub

श्रमसंसार पोर्टलले रोजगारीको लागि सही सूचना सम्प्रेषण गर्नेछ : श्रममन्त्री भण्डारी 


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र सत्य सूचनाको अभावको कारण रोजगारीको अवसरबाट युवाहरू वञ्चित हुनु परेको बताएका छन् । 

मंगलबार मन्त्रालयमा आयोजित श्रम संसार पोर्टल सञ्चालन सम्बन्धमा सरोकारवालाहरूसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री सही सूचनाको अभावमा युवाहरू रोजगारीको अवसरबाट वञ्चित हुनु परेको बताएका हुन । 

मन्त्री भण्डारीले आफू मन्त्री भएर मन्त्रालयमा आएपछि दुई युवाहरू भेटेर  रोजगारी माग्न आउँदा देशभित्र कसरी एकीकृत रोजगारी सूचना दिने सन्दर्भमा आएको अवधारणा अनुसार श्रमसन्सार पोर्टलको आविष्कार भएको बताए । 

उनले भने, यो केवल एक सामान्य पोर्टल मात्र होइन, मलाई विश्वास छ, यो एउटा सामाजिक क्रान्तिको रूपमा स्थापित हुनेछ, यसले युवाहरूलाई देश भित्र पनि मिहिनेत र आत्मविश्वास भर्नेछ । 

मन्त्री भण्डारीले देशभित्र सोसफोर्स नभए रोजगारी वा कुनै पनि अवसर पाउन नसकिने दुःखद भाष्य निर्माण भएको चिन्ता व्यक्त गर्दै क्षमता र योग्यताको आधारमा रोजगारीको अवसर सृजना गर्न यस पोर्टल मार्फत युवाहरूमा विश्वास जगाउने विश्वास व्यक्त गरे । 

वैदेशिक रोजगारका लागि उचित सूचना अभावका कारण बिचौलियाहरूले गाउँघरमा ठग्ने गरेको जिकिर गर्दै यसको सदुपयोग गरी सात सय ५३ वटा स्थानीय तहमा यसले सही सुचना सम्प्रेषण गर्ने उनले बताए । 

उनले भने, अब सबै स्थानीय तहमा एकीकृत रूपमा वैदेशिक तथा स्वदेशमा भएका रोजगारका अवसरहरूको सही सूचना सम्प्रेषण हुनेछ, यसले बिचौलियाहरूको धन्धा बन्द भई आफ्नै गाउँघरमा ठगिन रोकिनेछ । 

मन्त्री भण्डारीले सबैको सहयोग, साथ र सहकार्यले सूचना प्रविधिको सही सदुपयोग गरी एकीकृत एकद्धार सूचना प्रणाली स्थापित गर्नु नै मुख्य उद्देश्य रहेको बताए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्विस सरकारको सहयोगमा निर्माण भएको श्रमसन्सार रोजगारी पोर्टल यही मे १, विश्व मजदुर दिवस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट लन्च गरिनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : २३ बजे

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

काडमाडौँ– हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा

आजदेखि ‘सुदूरपश्चिम कचहरी’ सुरु हुँदै

कैलाली– कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ

गर्मीका कारण बिहानी सत्रमा कक्षा सञ्चालन

कञ्चनपुर– अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि