गगन थापालाई अदालतले माग्यो लिखित जवाफ « Khabarhub

गगन थापालाई अदालतले माग्यो लिखित जवाफ


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले महामन्त्री थापासँग लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे टिप्पणी गरेपछि अधिवक्ताहरू विशाला थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले आइतबार सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । 

लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा महामन्त्री थापाले संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र त्यसविरुद्ध परेको रिटमाथि भइरहेको अदालती कारबाहीबारे टिप्पणी गरेका थिए । 

महामन्त्री थापाले यसो भनेका थिए – 

सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई, अढाई, तीन वर्षदेखि तँलाई हान्दिऊँ, तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई-नभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ, कहिले पर्सि हेर्ने भन्छ । त्यो, त्यसले के गर्छ ? 

अदालतको विश्वासप्रति प्रश्न गराउँछ । यो विषय एउटा संवैधानिक नियुक्ति भएको विषय, त्यो आयोगले गरेको काम, त्यसमा भएको नियुक्ति भएका मानिसहरूको टर्म सकिन लागिसक्यो । जान लागिसक्यो । 

अब त्यो ठीक थियो कि बेठिक थियो भनेर परीक्षण गर्ने कुरा नेपालको सम्मानित अदालतको लागि चाहिँ चार वर्ष, साढे चार वर्ष समय लाग्छ ? त्यो पनि आइतबार हेरुम्, पख्लास् शुक्रबारसम्म, भ्याई-नभ्याई, हेर्दाहेर्दै भनेर जसरी यो विषयलाई अदालतमा एक्जाम्पल दिएको मैले । अदालतले डिल गर्‍यो । त्यो अदालतप्रतिको विश्वसनीयता के रहन्छ ?

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ३४ बजे

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी