झुट्टा अध्यापन अनुमतिपत्र पेस गरेको आरोपमा शिक्षकमाथि मुद्दा « Khabarhub

झुट्टा अध्यापन अनुमतिपत्र पेस गरेको आरोपमा शिक्षकमाथि मुद्दा


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

गोलबजार– धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी काम गरेको अभियोगमा शिक्षक टीकबहादुर मगरमाथि आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार उक्त विद्यालयको मावि तहमा नियुक्तिका लागि झुट्टा अनुमतिपत्र पेस गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान हुँदा निज टीका भन्ने टीकबहादुर मगरले निमावि तहको अध्यापन अनुमति पत्रलाई मावि तहको बनाइ पटकपटक झुट्टा कागजात पेस गरी राष्ट्रसेवक कर्मचारीको रूपमा ओहदा, लाभ र सुविधासमेत प्राप्त गरेका छन् । 

आरोपित शिक्षकमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजाय माग दाबी गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ८ : ०१ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन