ट्रम्पको कर निर्णयमा अदालतको चुनौती « Khabarhub

ट्रम्पको कर निर्णयमा अदालतको चुनौती


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अधिकार क्षेत्र पार गर्दै विश्वव्यापी रूपमा ‘ट्यारिफ’ लगाएको ठहर गरेपछि उनको अर्थनीतिमा ठुलो झट्का पुगेको छ।

अन्तर्राष्ट्रिय व्यापार अदालतले ट्रम्पले संसारका प्राय सबै देशबाट आयात हुने सामानमाथि कर लगाउनु सही नभएको जनाएको हो।

न्यायालयले अमेरिकी संविधानले नै अरू देशसँगको व्यापार र यसका लागि आवश्यक पर्ने कानुनका लागि काँग्रेसका लागि प्रशस्त मार्ग दिएको निष्कर्ष निकालेको छ। ट्रम्प प्रशासनले यसका विरुद्ध अपिल गर्न सक्ने छ।

ट्रम्पले निसाना बनाएर ‘ट्यारिफ’ लगाएका देशबाट समान झिकाउने गरेका पाँच साना व्यवसायका तर्फबाट गैरपक्षीय स्वतन्त्र न्यायिक केन्द्रले मुद्दा दायर गरेको थियो। यो नै ट्रम्पले स्वतन्त्रता दिवसका दिनमा पारेर लागु गरेको करको निर्णयमा सबै भन्दा ठुलो धक्का हो।

प्रशासनले भोगेको सात व्यापार सम्बन्धी कानुनी चुनौती मध्य यो पनि एक हो। १३ राज्य र साना व्यवसायले पनि ट्रम्प प्रशासनको निर्णयको विरुद्धमा कानुनी बाटो खोजेका छन्।

ट्रम्प प्रशासनले दुई जुनदेखि लागु हुने गरी धेरै करको निर्णय गरेका छन्। यसका सम्बन्धित देशसँग सल्लाह भएर केही फेर बदल भएका छन्।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : ४९ बजे

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव