ट्रम्पको कर निर्णयमा अदालतको चुनौती « Khabarhub

ट्रम्पको कर निर्णयमा अदालतको चुनौती


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अधिकार क्षेत्र पार गर्दै विश्वव्यापी रूपमा ‘ट्यारिफ’ लगाएको ठहर गरेपछि उनको अर्थनीतिमा ठुलो झट्का पुगेको छ।

अन्तर्राष्ट्रिय व्यापार अदालतले ट्रम्पले संसारका प्राय सबै देशबाट आयात हुने सामानमाथि कर लगाउनु सही नभएको जनाएको हो।

न्यायालयले अमेरिकी संविधानले नै अरू देशसँगको व्यापार र यसका लागि आवश्यक पर्ने कानुनका लागि काँग्रेसका लागि प्रशस्त मार्ग दिएको निष्कर्ष निकालेको छ। ट्रम्प प्रशासनले यसका विरुद्ध अपिल गर्न सक्ने छ।

ट्रम्पले निसाना बनाएर ‘ट्यारिफ’ लगाएका देशबाट समान झिकाउने गरेका पाँच साना व्यवसायका तर्फबाट गैरपक्षीय स्वतन्त्र न्यायिक केन्द्रले मुद्दा दायर गरेको थियो। यो नै ट्रम्पले स्वतन्त्रता दिवसका दिनमा पारेर लागु गरेको करको निर्णयमा सबै भन्दा ठुलो धक्का हो।

प्रशासनले भोगेको सात व्यापार सम्बन्धी कानुनी चुनौती मध्य यो पनि एक हो। १३ राज्य र साना व्यवसायले पनि ट्रम्प प्रशासनको निर्णयको विरुद्धमा कानुनी बाटो खोजेका छन्।

ट्रम्प प्रशासनले दुई जुनदेखि लागु हुने गरी धेरै करको निर्णय गरेका छन्। यसका सम्बन्धित देशसँग सल्लाह भएर केही फेर बदल भएका छन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ७ : ४९ बजे

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली