झलनाथको गुनासो- वामपन्थीले दुईतिहाइ बहुमतलाई ‘बाँदरको हातमा नरिवल’ बनाए « Khabarhub

झलनाथको गुनासो- वामपन्थीले दुईतिहाइ बहुमतलाई ‘बाँदरको हातमा नरिवल’ बनाए


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले अहिले पनि गणतन्त्र पुँजीपतिलाई मात्रै आएको बताएका छन् ।

एकीकृत समाजवादीले गणतन्त्र दिवसका अवसरमा बिहीबार गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीले गणतन्त्र दलाल पुँजीपतिलाई मात्रै ल्याएको होइन । यो गणतन्त्र भ्रष्टहरूका लागि स्थापना गरिएको थिएन । हाम्रो देशको गणतन्त्र आमजनताको हुन सकेको छैन’, उनले भने, ‘सामन्त र दलाल पुँजीपति वर्गको बनेको छ । शोषकहरूको बनेको छ । कालोबजारी र तस्करको बनेको छ । यो जनताको गणतन्त्र बनिसकेको छैन ।’

उनले गणतन्त्र स्थापनासँगै आफूहरूले नयाँ संविधान बनाएको पनि बताए । तर नयाँ संविधान आएपछि कम्युनिस्टलाई जनताले दिएको दुईतिहाइ खेर फ्याँकेको पनि उनले बताए ।

‘संविधान बनेपछिको पहिलो निर्वाचनबाट वामपन्थीलाई विजयी गरेपछि आमूल परिवर्तन हुन्छ भनेर जनताले दुईतिहाइ बहुमत दिए’, खनालले भने, ‘त्यो असाधारण शक्ति त्यसबेलाको सरकारको नेतृत्वका लागि बाँदरका हातमा नरिवल जस्तै भयो ।’

त्यहीकारण देश निरन्तर संकटमा पर्दै गएको उनले बताए । ‘एउटा व्यक्तिको हातमा भएको सार्वभौमसत्ता जनताको हातमा आयो । त्यो ठूलो उपलब्धि थियो’, उनले भने, ‘नेपाली समाजबाट हामीले सामन्तवादको अवशेष राजतन्त्रलाई समाप्त गर्‍यौँ । जुन नेपाली जनतामाथि बुइ चढेर बसेको थियो । तर अहिले गणतन्त्र जनताको हुन सकेन ।’

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : १९ बजे

प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

काठमाडौं–  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय

इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

तेहरान– इरानमाथि इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेका छन्

इजरायलले इरानमाथि थाल्यो आक्रमण, कयौँ सहरमा विस्फोटको आवाज 

तेहरान– इजरायलले  इरानमा आक्रमण थालेको छ । इजरायलका रक्षा मन्त्रीले

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण

तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा