राजावादीहरू पाँच स्थानबाट ६ नेताको नेतृत्वमा रत्नपार्क पुग्दै (तस्बिरहरू) « Khabarhub

राजावादीहरू पाँच स्थानबाट ६ नेताको नेतृत्वमा रत्नपार्क पुग्दै (तस्बिरहरू)


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले बिहीबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेका छन् ।

राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ-संगठनले गणतन्त्र दिवसका दिन बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरू गर्दैछन् ।

त्यसका लागि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । कार्यक्रमअनुसार मैतिदेवीबाट- राजेन्द्र लिङ्देन, सिफलबाट कमल थापा, पशुपतिशमशेर राणा, नारायणचौरबाट नवराज सुवेदी, नयाँबजारबाट डा. प्रकाशचन्द्र लोहनी, त्रिपुरेश्वरबाट केशरबहादुर विष्ट लगायत नेताहरूको नेतृत्वमा जुलुस निस्किएको हो ।

यो जुलुस दिउँसो रत्नपार्क पुगेर सभामा परिणत हुँदैछ । त्यसअघि सोही क्षेत्रमा नेकपा एमालेले कार्यक्रम गर्दैछ । एमालेको कार्यक्रम सकिएपछि राजावादीको सभा हुने छ ।

राजावादी समूहले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । रत्नपार्क केन्द्रित आन्दोलनमा करिब दुई हजार स्वयंसेवक परिचालन गरिने उनको भनाइ छ । आन्दोलनका सहभागीहरूलाई छातासहित उपस्थित हुन भनिएको छ ।

यसअघि आन्दोलनलाई शान्तिपूर्ण बनाउन संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले स्वयंसेवकलाई बुधबार प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : १८ बजे

हर्कले भने : सरकारको सकारात्मक काममा साथ दिन्छौँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो 

काठमाडौं– गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला