नेपालमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ६६ हजार नाघ्यो  « Khabarhub

नेपालमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ६६ हजार नाघ्यो 


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ६६ हजार ५ सय ५ पुगेको छ । 

अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण २०८१-८२ पेश गर्दै नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसाय परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद्, नेपाली फार्मेसी परिषद् लगायतका निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ६६ हजार ५ सय ५ पुगेको बताए । 

सर्वेक्षण अनुसार २०८१ फागुन मसान्तसम्म ३२ हजार २ सय ४७ मेडिकल चिकित्सक, ५ हजार ३ सय ४७ दन्त चिकित्सक, ११ हजार ६ सय १६ विशेषज्ञ चिकित्सक र ३ सय ९५ जना विदेशी चिकित्सक गरी ११ हजार ६ सय १६ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । 

त्यस्तै २०८१ फागुनसम्म नेपाल नसिङ काउन्सिलमा १ हजार ६ सय ९५ विशेषज्ञ नर्स, ८५ हजार ७ सय ७८ नर्स, ३७ हजार ५ सय २८ अनमी, ९१ ज्ना मिडवाईफ र ८ सय ५५ विदेशी नर्स समेत गरी १ लाख २५ हजार ९ सय ४७ जना नर्स दर्ता भएका आर्थिक सर्वेक्षणले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : २६ बजे

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार