वित्तीय समानीकरणमा प्रदेश र स्थानीय तहलाई एक खर्ब ४८ अर्ब विनियोजन « Khabarhub

वित्तीय समानीकरणमा प्रदेश र स्थानीय तहलाई एक खर्ब ४८ अर्ब विनियोजन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि समानीकरण अनुदानतर्फ एक खर्ब ४८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै वित्तीय समानीकरणतर्फ प्रदेशलाई ६० अर्ब ६६ करोड र स्थानीय तहलाई ८८ अर्ब ९७ करोड हस्तान्तरण गर्ने बताएका हुन् ।

सशर्त अनुदातर्फ प्रदेश सरकारका लागि ३० अर्ब ३५ करोड र स्थानीय सरकारका लागि २ खर्ब ११ अर्ब ४६ करोड बजेट वियोजन गरिएको मन्त्री पौडेलले बताए । 

त्यस्तै, प्रदेश र स्थानीय तहलाई पूर्वाधार आयोजना कार्यक्रमका लागि क्रमशः ३ अर्ब २८ करोड र १० अर्ब ६ करोड विनियोजन गरिएको उनले बताए । साथै, मन्त्री पौडेलले विशेष अनुदानतर्फ प्रदेश सरकारका लागि ३ अर्ब २७ करोड र स्थानीय तहका लागि ९ अर्ब ७८ करोड विनियोजन गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ३८ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र