प्रदेश र स्थानीय सरकारलाई एक खर्ब ४८ अर्ब समानीकरण अनुदान « Khabarhub

प्रदेश र स्थानीय सरकारलाई एक खर्ब ४८ अर्ब समानीकरण अनुदान


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि समानीकरण अनुदानतर्फ एक खर्ब ४८ अर्ब रुपैयाँ बजेट छुट्टाएको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय समानीकरणतर्फ प्रदेशलाई ६० अर्ब ६६ करोड र स्थानीय तहलाई ८८ अर्ब ९७ करोड हस्तान्तरण गर्ने बताए ।

त्यस्तै उनले सशर्त अनुदातर्फ प्रदेश सरकारका लागि ३० अर्ब ३५ करोड र स्थानीय सरकारका लागि २ खर्ब ११ अर्ब ४६ करोड बजेट वियोजन जानकारी दिए ।

त्यस्तै प्रदेश र स्थानीय तहलाई पूर्वाधार आयोजना कार्यक्रमका लागि समपुरक अनुदान क्रमश: ३ अर्ब २८ करोड र १० अर्ब ६ करोड विनियोजन गरिएको उनले बताए ।

त्यस्तै उनले विशेष अनुदानतर्फ प्रदेश सरकारका लागि ३ अर्ब २७ करोड र स्थानीय तहका लागि ९ अर्ब ७८ करोड विनियोजन गरेको जानकारी दिएका छन् ।

त्यस्तै प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाडबाँट १ खर्ब ६५ अर्व हस्तान्तरण हुने अनुमान रहेको उनले बताए ।

त्यस्तै चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान मन्त्रालयले गरेको छ । चालू आर्थिक वर्षमा राजस्व परिचालन १७ दशमल १ प्रतिशतले बृद्दि हुने अनुमान गरिएको पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ०२ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्