प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा भ्यूटावरपछि अब अन्तरराष्ट्रिय रङ्गशाला « Khabarhub

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा भ्यूटावरपछि अब अन्तरराष्ट्रिय रङ्गशाला


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पौने दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर ठड्याइएको १८ तल्ले भ्यूटावर अलपत्र पारिएको झापा दमकमा सरकारले अर्बौँ रुपैयाँको अर्को परियोजना अघि बढाउने भएको छ ।

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा प्रधानमन्त्री ओलीको गृहजिल्ला झापास्थित निर्वाचन क्षेत्रमा पर्ने दमकमा अन्तरराष्ट्रियस्तरको आधुनिक रङ्गशाला निर्माण घोषणा गरेका हुन्‌ ।

‘झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न सकिने अन्तरराष्ट्रिस्तरको आधुनिक रङ्गशाला निर्माण गरिनेछ’, अर्थमन्त्री पौडेलले भनेका छन्‌ ।

काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला, मोरङको गिरिजाप्रसाद कोइराला रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला स्टेडियम निर्माण गर्न ४२ करोड विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिएका छन्‌ । उनका अनुसार; कीर्तिपुरस्थित क्रिकेट रङ्गशाला स्तरोन्नति गर्न ४० करोड रुपैयाँ विनियोजन भएको छ । उक्त रङ्गशालामा हाल प्यारापिट निर्माण कार्य भइरहेको छ ।

खेल विधाको विविधीकरण र खेल पर्यटन प्रवर्धनको लागि सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाइ अल्टिच्यूट स्पोर्स्ट्स स्टेडियम निर्माण गर्ने योजना पनि अर्थमन्त्रीले बजेटमा समावेश गरेका छन्‌ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादन तथा खेल प्रतियोगिता प्रवर्धन गर्न निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने र त्यस्ता पूर्वाधार बनाउन विद्युत, खानेपानी र सडक सुविधा सुनिश्चित गरिने अर्थमन्त्रीले बताएका छन्‌ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ४६ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र