निजी क्षेत्रको प्रतिक्रिया – बजेट स्वागतयोग्य छ, हाम्रा माग समेटिएका छन् « Khabarhub

निजी क्षेत्रको प्रतिक्रिया – बजेट स्वागतयोग्य छ, हाम्रा माग समेटिएका छन्


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आफूहरूले सुझाव दिएअनुसार बजेट आएको प्रतिक्रिया दिएका छन् । उनले सरकारले बजेटमार्फत् राखेको आर्थिक वृद्धिको लक्ष्य र राजस्वको लक्ष्य उपयुक्त नै भएको तर कार्यान्वयन चुनौतीपूर्ण भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेटमा निजी क्षेत्रले दिएका अधिकांश सुझाव समेटिएको बताए ।

‘हामीले दिएका धेरै सुझावहरूलाई समेटिएको छ, आर्थिक ऐनमा हेर्न बाँकी छ, हामीले दिएको धेरै बुँदा समेटिएको छ’, उनले भने, ‘यसमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो मागलाई सँगै अगाडि बढाउने भनेर आएको छ ।’

बजेट समग्रमा निजी क्षेत्रले उठाएका माग सम्बोधन भएको उद्योग वाणिज्य महासंघका उपाध्य हेमराज ढकालले बताए । बजेटको साइज बढ्दा कसरी मिलाउने भन्नेमा भने चुनौतीपूर्ण रहेको उनले बताएका छन् ।

बजेटमा राम्रो हिसाबले आउने तर, कार्यान्वयनमा नगएको अवस्था पनि भएको उनले बताए । अटोमोबाइल्स एसोसिएसन नेपाल नाडाका अध्यक्ष रणवीर चौधरीले नाडाको मागहरू समेटिएको भनेर भन्न गर्व लाएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ४३ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य