निजी क्षेत्रको प्रतिक्रिया – बजेट स्वागतयोग्य छ, हाम्रा माग समेटिएका छन् « Khabarhub

निजी क्षेत्रको प्रतिक्रिया – बजेट स्वागतयोग्य छ, हाम्रा माग समेटिएका छन्


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आफूहरूले सुझाव दिएअनुसार बजेट आएको प्रतिक्रिया दिएका छन् । उनले सरकारले बजेटमार्फत् राखेको आर्थिक वृद्धिको लक्ष्य र राजस्वको लक्ष्य उपयुक्त नै भएको तर कार्यान्वयन चुनौतीपूर्ण भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेटमा निजी क्षेत्रले दिएका अधिकांश सुझाव समेटिएको बताए ।

‘हामीले दिएका धेरै सुझावहरूलाई समेटिएको छ, आर्थिक ऐनमा हेर्न बाँकी छ, हामीले दिएको धेरै बुँदा समेटिएको छ’, उनले भने, ‘यसमा निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो मागलाई सँगै अगाडि बढाउने भनेर आएको छ ।’

बजेट समग्रमा निजी क्षेत्रले उठाएका माग सम्बोधन भएको उद्योग वाणिज्य महासंघका उपाध्य हेमराज ढकालले बताए । बजेटको साइज बढ्दा कसरी मिलाउने भन्नेमा भने चुनौतीपूर्ण रहेको उनले बताएका छन् ।

बजेटमा राम्रो हिसाबले आउने तर, कार्यान्वयनमा नगएको अवस्था पनि भएको उनले बताए । अटोमोबाइल्स एसोसिएसन नेपाल नाडाका अध्यक्ष रणवीर चौधरीले नाडाको मागहरू समेटिएको भनेर भन्न गर्व लाएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ४३ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका