बजेटबारे अर्थमन्त्री पौडेलकै प्रतिक्रिया- यथार्थपरक छ, कार्यान्वयनमा चुनौती छैन « Khabarhub

बजेटबारे अर्थमन्त्री पौडेलकै प्रतिक्रिया- यथार्थपरक छ, कार्यान्वयनमा चुनौती छैन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवम् अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन् ।

बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले आफूले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा ल्याएको बजेट यथार्थपरक रहेकाले कार्यान्वयनमा चुनौती नहुने बताएका छन् ।

सुरु भएका आयोजनालाई सम्पन्न गर्न बजेटले बिशेष ध्यान दिएको उनले बताएका छन् । मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल बढाउने र लगानी वृद्धि गर्नका लागि बजेट अनुकूल रहको दाबी गरेका छन् ।

उनले अनावश्यक रुपमा स्रोतको अनुमान नगर्नु नै अहिलेको बजेटको विशेषता रहेको पनि जिकिर गरेका छन् ।

पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त परिमाण बराबरको बजेट ल्याएका हुन्‌ ।

‘आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमा रू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ’, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत् भने ।

बजेटले उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधारलाई प्राथमिकता दिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : २४ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला