जापानले ‘टाइप ८८’ क्षेप्यास्त्र परीक्षण गर्ने « Khabarhub

जापानले ‘टाइप ८८’ क्षेप्यास्त्र परीक्षण गर्ने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानले यस वर्षको सैन्य अभ्यासका क्रममा हालै विकास गरेको ‘टाइप ८८’ जमिनबाट समुद्रमा मार हान्ने क्षेप्यास्त्रको परीक्षण गर्ने भएको छ । जापानले यसै वर्षको जुन १९ देखि ३० सम्म होक्काइदो टापुको दक्षिणी तटीय क्षेत्रमा अभ्यास गर्न लागेको हो ।

उक्त अभ्यासका क्रममा जापानी प्रतिरक्षा बलको युद्धपोत प्रतिरोधी प्रणालीको प्रशिक्षण गरिने जापानी सञ्चार माध्यमले जनाएका छन् । जापानीको आशायी सिम्बुन अखबारले जनाएअनुसार जापानले आफ्नो भूमिबाट पहिलो पटक यस प्रकारको क्षेप्यास्त्र परीक्षण गर्न लागेको हो ।

यसअघि अमेरिका र अन्य विदेशी भूमिमा यस क्षेप्यास्त्रको परीक्षण भइसकेको जनाइएको छ । यस क्षेप्यास्त्रको मारक दूरी ६२ माइल रहेको जनाइएको छ ।

पूर्वी एशियामा चिनियाँ प्रभाव विस्तार भइरहेको अवस्थामा जापानले नयाँ क्षेप्यास्त्र परीक्षण गर्न लागेको हो ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : २९ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता