काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु, महालेखा कार्यालयले गर्‍यो सम्मान « Khabarhub

काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु, महालेखा कार्यालयले गर्‍यो सम्मान


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुन्य बेरुजु कायम गरेकोमा महालेखा परीक्षकको कार्यालयले काभ्रेको महाभारत गाउँपालिकालाई सम्मान गरेको छ । आफ्नो ६७औं वार्षिकोत्सव समारोहमा कार्यक्रममा विशेष अतिथि सार्वजनिक लेखा समितिका सभापतिले अध्यक्ष कान्छालाल तामाङलाई सम्मान पत्र प्रदान गरे ।

यसको अलावा प्रदेशगत रूपमा सबैभन्दा कम बेरुजु अङ्क कायम गर्न सफल ७ वटा स्थानीय सरकार (४ नगरपालिका र ३ गाउँपालिका) लाई समेत सम्मान गरिएको छ । 

यसरी सम्मानित हुनेमा कोशीबाट शोलुदुधकुण्ड नगरपालिका-सोलुखुम्बु, मधेशबाट इशनाथ नगरपालिका-रौतहट, बागमतीबाट मण्डन देउपुर नगरपालिका-काभ्रे, गण्डकीबाट अन्नपूर्ण गाउँपालिका-म्याग्दी, लुम्बिनीबाट पाणिनी गाउँपालिका अर्घाखाँची, कर्णालीबाट त्रिवेणी गाउँपालिका-सल्यान र सुदुरपश्चिमबाट पञ्चदेवल विनायक नगरपालिका-अछाम छन् ।

महालेखा परीक्षकको कार्यालयले पहिलो पटक स्थानीय सरकारलाई उत्कृष्टताको आधारमा सम्मान गर्न शुरु गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले स्थानीय सरकारमा लेखा समितिहरू क्रियाशील भई बेरुजु फर्स्यौटमा तदारुकता देखाउनु पर्ने तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बनाएर वित्तीय व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न सुझाव दिए। 

कार्यक्रमका अध्यक्ष महालेखा परीक्षक तोयम रायले यस वर्ष गाउँपालिका राष्ट्रिय महासंघ नेपालको व्यवस्थापनमा २३ जिल्ला र ४ प्रदेश तहमा लेखा परीक्षण विविधीकरण कार्यक्रमको सहजीकरण गरिएको बताए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १ : ४२ बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू