कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो कोशी प्रदेश सरकार « Khabarhub

कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो कोशी प्रदेश सरकार


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको अध्यक्षतामा पर्यटन वर्ष निर्देशन समिति गठन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको हो । यसअन्तर्गत अहिले दुई समूह बनाएर मुलुकका विभिन्न स्थानमा प्रचारप्रसारका कार्यक्रम भइरहेका छन् ।

‘स्वदेशी तथा विदेशी सञ्चारकर्मीलाई गन्तव्य परिचयात्मक भ्रमण’ र ‘रोड सो’ कार्यक्रममार्फत प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि प्रचारप्रसारमूलक गतिविधि सञ्चालन भइरहेको पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले जानकारी दिए ।

पर्यटकीय गन्तव्यको भ्रमण कार्यक्रमअन्तर्गत नेपालसहित भारतका १७ पत्रकारलाई प्रदेशका पर्यटकीय गन्तव्यको भ्रमण गरिरहेको जनाउँदै उनले पर्यटन वर्ष निर्देशन समितिका सदस्य राजन दङ्गालको नेतृत्वमा रोड सोमार्फत मुलुकका विभिन्न स्थानमा परिचयात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम भइरहेका बताए ।

शुक्रबारदेखि सुरु भएको भ्रमण कार्यक्रम सोमबारसम्म जारी रहने जनाउँदै बरालले नेपालसहित सिक्किमका एक, विहारका चार, पश्चिम बङ्गालका तीन गरी १७ पत्रकारको सहभागितामा पर्यटकीय गन्तव्यको पहिचान, अवलोकन र प्रचारप्रसार भइरहेको उल्लेख गरे ।

निर्देशक समितिका सदस्य बरालका अनुसार हालसम्म सुनसरीको रामधुनी मन्दिर, बराहक्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धरानका विभिन्न धार्मिक तथा प्राकृतिक सम्पदा, मठमन्दिर, धनकुटाको ओरेञ्ज सिटी, तेह्रथुमको लालिगुँरास नगरपालिकाको चोत्लुङ पार्कलगायत स्थानको भ्रमण भइसकेको छ । 

‘धनकुटाको ओरेञ्ज सिटी दुई वटा टोलको संयोजन गरी बनाइएको छ, सुन्तला बढी फल्ने भएकाले सुन्तला किसानलाई प्रोत्साहन गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओरेञ्ज सिटी निर्माण गरिएको पाइयो’, उनले भने ।

आज भोजपुरको मुन्दुम ट्रेल, हलेसी मन्दिरलगायत स्थानको भ्रमण गरिने होटल व्यवसाय महासङ्घ, कोशी प्रदेशका महासचिवसमेत रहेका बरालले जानकारी दिए  । पर्यटन वर्षको प्रचारप्रसार र पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्र आयोजना भइरहेका बताउँदै उनले यस वर्ष प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको जानकारी दिए ।

यसैबीच समितिका सदस्य दङ्गालको नेतृत्वमा यही असार ११ गतेदेखि मुलुकका विभिन्न स्थानमा रोड सोका कार्यक्रम भइरहेका छन् । उक्त कार्यक्रम असार १७ गतेसम्म जारी रहने बताउँदै दङ्गालले हालसम्म काठमाडौंमा दुई, ललितपुरमा दुई, पोखरामा एक, नारायणगढमा एक र हेटौँडामा एउटा कार्यक्रम सम्पन्न भइसकेका जानकारी दिए ।

उनका अनुसार चालु आवमा पर्यटन, वन तथा वातावरणअन्तर्गत १० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । आगामी आवका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा पर्यटन वर्षका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको बरालले जानकारी दिए । 

‘त्यसमध्ये चार करोड ४७ लाख रुपैयाँ मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण, पर्यटकीय स्थानको पहिचानलगायत क्षेत्रमा खर्च गर्नेछ । बाँकी रकम पर्यटनसम्बन्धी काम गरिरहेका निजी क्षेत्रमार्फत खर्च गरिने छ’, उनले भने ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : २५ बजे

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज