वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध « Khabarhub

वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको विकल्पका रूपमा सञ्चालन हुँदै आएको वैकल्पिक सडक बाढीका कारण अवरुद्ध भएको छ । 

आज बिहानदेखि परेको वर्षाका कारण खोलामा बाढी आउँदा साना तथा यात्रुवाहक सवारीसाधनका लागि प्रयोग हुँदै आएको वैकल्पिक सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । 

होङ्सी गेट–सर्दी–ज्यामिरे हुँदै जाने वैकल्पिक सडकमा पर्ने खरङ्गे खोलामा आएको बाढीका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक नेपालले बताए । 

ठूला सवारीसाधनलाई दुम्कीबास स्थित विनयी खोलामा निर्माण गरिएको डाइभर्सनबाट वारपार गराइँदै आएको थियो भने साना तथा यात्रुवाहक सवारी साधनलाई वैकल्पिक सडकमा सञ्चालन गरिएको थियो । बाढीका कारण डाइभर्सनसमेत बगाएको र वैकल्पिक बाटोको खोलामा बाढी आएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक नेपालले बताए। 

खोलामा आएको बाढीका कारण यातायात अवरुद्ध भएसँगै सवारीसाधनलाई सुरक्षित स्थानमा ‘होल्ड’ गरिएको प्रहरी नायब उपरीक्षक नेपालले बताए । दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएपछि राजमार्ग डाइभर्सनका भरमा सञ्चालन हुँदै आएको छ । पानी पर्दा डाइभर्सनमा क्षति हुने हुँदा प्रायःजसो राजमार्ग अवरुद्ध हुँदै आएको छ । भाँचिएको ठाउँमा नयाँ पुल निर्माण गरिँदैछ । उक्त पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । 

पुल बनेपछि डाइभर्सनको दुःख अन्त्य हुनेछ । उता दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा पानीपर्ने बित्तिकै सडक चिप्लो भएर यातायात अवरुद्ध हुने समस्या भने कायमै रहेको छ । रासस
 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : ५५ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,