अन्ततः निर्देशक बन्ने भइन् नीता « Khabarhub

अन्ततः निर्देशक बन्ने भइन् नीता


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विगतका तीन–चार वर्ष यता नीताले सार्वजनिकरुपमै फिल्म निर्देशनमा हात हाल्ने इच्छा व्यक्त गर्दै आएकी थिइन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ पनि उनको निर्देशनमा बन्ने चर्चा थियो । फिल्मको बजेट ठूलो हुने देखिएपछि उनी उक्त फिल्मको निर्देशनबाट पछि हटिन् । उक्त फिल्मबाट नीताले निर्माणमा भने हात हालिन् । नीताकै ब्यानर ‘नीता फिल्मस्’ को ब्यानरमा उक्त फिल्मको उनी निर्मात्री र नायिका हुन् ।

अब भने नीताको निर्देशक बन्ने सपना पूरा हुने देखिएको छ । ‘नीता फिल्मस्’ बाटै बन्ने फिल्म ‘सुख-दुःख’ निर्देशन गर्ने उनले सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् ।

अर्थात्, उक्त फिल्मबाट नीताले निर्देशनमा डेब्यू गर्ने भएकी हुन् । उनको फिल्म ०८३ सालको दशैँमा प्रदर्शनमा आउने पोस्टरमा उल्लेख छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : ४६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको