‘ऊनको स्वीटर’ ले ५१ दिन पार गरेपछि खुसीयाली (तस्बिरहरू) « Khabarhub

‘ऊनको स्वीटर’ ले ५१ दिन पार गरेपछि खुसीयाली (तस्बिरहरू)


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवीन चौहानको डेब्यू निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’ले प्रदर्शनको ५१ दिन व पार गरेपपछि निर्माण पक्षले एक कार्यक्रम गरी खुसी साटेको छ ।

निर्माण पक्षले बालुवाटारमा शनिबार एक कार्यक्रमको आयोजना गरी फिल्म सफल भएकोमा केक काटेको थियो । फिल्मका सबै पोस्टर अङ्कित केक काटेर निर्माण पक्षले खुसी मनाएको हो ।

कार्यक्रममा फिल्मका कलाकार, प्राविधिक र सञ्चारकर्मीहरूको उपस्थिति थियो । फिल्मका तर्फबाट कलाकार, प्राविधक, वितरक र सञ्चारकर्मीहरूलाई सम्मानसमेत गरिएको थियो ।

फिल्मले शनिबार तीन दर्जनभन्दा बढी हलमामा प्रदर्शनको ५१ दिन पूरा गरेको हो । गत वैशाख २६ बाट प्रदर्शनमा आएको यस फिल्ममा नायक विपीन कार्की, नायिका मिरुना मगर, एलेक्स पारस र परीक्षा लिम्बू शीर्ष भूमिकामा छन् ।

आर्टमाण्डूको ब्यानरमा बनेको फिल्मका लेखक निर्देशक चौहान आफैँ हुन् ।

तस्बिरहरु :

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ४ : १४ बजे

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक