‘कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध छ’ « Khabarhub

‘कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध छ’


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले ‘आफ्नो माटोमा उत्पादन, आफ्नै श्रममा सम्मान, खाद्य सम्प्रभुत्तासहितको आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सङ्कल्प पूरा गर्न कृषिमा आवश्यक लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सन्देशमा भनिएको छ, ‘किसानको निरन्तर श्रम, समर्पण र उत्पादनले देशको खाद्य सुरक्षामा अमूल्य योगदान पुर्‍याएको छ । व्यावसायिक कृषि उत्पादन, स्थानीय बालीको संरक्षण, उत्पादनमा आधारित अनुदान, कृषि उत्पादनको बजारीकरण, मल, बीउ र सिँचाइको व्यवस्थापन र खाद्य सुरक्षाका विषयलाई गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गरिएको छ।’ 

यसको कार्यान्वयनका लागि सबैको साथ, सहयोग र सहकार्यका लागि उनले आग्रह गरे।
 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : ०७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली