फिल्म ‘सिटामोल’को टिजर : ‘रोल्पालीलाई सिटामोल नै सुन हजुर’ « Khabarhub

फिल्म ‘सिटामोल’को टिजर : ‘रोल्पालीलाई सिटामोल नै सुन हजुर’


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल र नायिका बेनिशा हमाल शीर्ष भूमिकामा रहेको फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ ।

साउन २३ गते प्रदर्शन मिति तोकिएको यस फिल्मको टिजर राष्ट्रिय धान दिवसको अवसर पारेर आइतबार सार्वजनिक गरिएको हो ।

‘जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्ने संवादबाट टिजरको सुरुवात हुन्छ ।

फिल्ममा सौगात र बेनिशा जोडीको भूमिकामा रहेको टिजरले प्रष्ट पारेका छ ।

खुट्टामा समस्या भएको पात्र सौगातले निर्वाह गरेको देख्न सकिन्छ । उनी बेहुलाबन्दा पनि बैशाखीको साथमा उभिएको देख्न सकिन्छ ।

आर्थिक संकटमा परेपछि यो जोडीको वैवाहिक सम्बन्धमा चिसो पस्ने कथामा फिल्म बनेको टिजरबाट बुझ्न सकिन्छ ।

टिजरमा सौगात-वेनिशासहित लोकेन्द्र लेखक, बलकलाकारहरु करण परियार र आराध्या राज्यलक्ष्मी डीसीलाई स्थान दिइएको छ ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । फिल्मको प्रस्तुतकर्ता सिमोस सुनुवार हुन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ५७ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले