फिल्म ‘सिटामोल’को टिजर : ‘रोल्पालीलाई सिटामोल नै सुन हजुर’ « Khabarhub

फिल्म ‘सिटामोल’को टिजर : ‘रोल्पालीलाई सिटामोल नै सुन हजुर’


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल र नायिका बेनिशा हमाल शीर्ष भूमिकामा रहेको फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ ।

साउन २३ गते प्रदर्शन मिति तोकिएको यस फिल्मको टिजर राष्ट्रिय धान दिवसको अवसर पारेर आइतबार सार्वजनिक गरिएको हो ।

‘जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्ने संवादबाट टिजरको सुरुवात हुन्छ ।

फिल्ममा सौगात र बेनिशा जोडीको भूमिकामा रहेको टिजरले प्रष्ट पारेका छ ।

खुट्टामा समस्या भएको पात्र सौगातले निर्वाह गरेको देख्न सकिन्छ । उनी बेहुलाबन्दा पनि बैशाखीको साथमा उभिएको देख्न सकिन्छ ।

आर्थिक संकटमा परेपछि यो जोडीको वैवाहिक सम्बन्धमा चिसो पस्ने कथामा फिल्म बनेको टिजरबाट बुझ्न सकिन्छ ।

टिजरमा सौगात-वेनिशासहित लोकेन्द्र लेखक, बलकलाकारहरु करण परियार र आराध्या राज्यलक्ष्मी डीसीलाई स्थान दिइएको छ ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । फिल्मको प्रस्तुतकर्ता सिमोस सुनुवार हुन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ५७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको